Goraksha

National Daily

कोरोना नियन्त्रणमा भूमिका खेल्न दाङ रेडक्रसले तोक्यो दशै स्थानयीतहमा सम्पर्क व्यक्ती

तुलसीपुर चैत्र १९ । कोभिट १९ कोरोना नियन्त्रणमा दाङका स्थानिय सरकारलाई आबस्यक सहयोगको लागि नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दाङले जिल्लाका दशवटै स्थानिय सरकार संग आवस्यक समन्वय र सम्पर्क रही सहयोग गर्ने जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले कोरोना नियन्त्रणको लागि सरकारले देशैभरी लकडाउन घोषणा गरेको र आम नागरिकलाई आफ्नो घरभित्रैबसी सरकारको कोरना नियन्त्रण अभियानमा पुर्ण रुपमा सहयोग पुराउन पनि सवैलाई आग्रह समेत गरेको छ ।

रेडक्रस दाङ शाखा सभापति नारायण आर्चायको अध्यक्षतामा बुधबार तुलसीपुरमा बसेको बैठकले दाङमा रहेका १० वटा स्थानिय सरकारको सम्पर्कमा रही आवस्यक सहयोग पुराउन बिभिन्न व्यक्तीहरुलाई जिम्मेवारी समेत दिएको छ ।

जस अनुसार जिल्लाभरीको आबस्यक गतिबिधि अनुगमन र सहयोगको लागि जिल्ला शाखाका दाङका मन्त्रि प्रकाश श्रिवन्द संयोजक रहने कमिटिमा दंगीशरण गाँउपालिकाको लागि प्रकाश डाँगी ववई गाँउपालिका र शान्तिनगर गाँउपालिकामा भरत वहादुर वली,शरदराज गिरि र नन्दलाल वली तुलसीपुर उपमहानगरपालिकाको लागि विश्राम अधिकारी,सन्तोष ढकाल,भिमलाल मरासिनी, शुसिल न्यौपाने र खेमराज विश्वकर्मा त्यस्तै घोराही उपमहानगरपालिकाको लागि थम्मन चौधरी,दिलिप न्यौपाने र मिनराज शर्मा लमही नगरपालिकामा मदन गौतम,थानेश्वर गैरे र मदन अधिकारी राप्ती गाँउपालिकामा गंगाराम भट्राई र प्रमोद पौडेल त्यस्तै गढवा र राजपुर गाँउपालिकाको लागि शंकर पाण्डे , दिपक कुमार यादव र पुस्पा यादवलार्ई सम्पर्क व्यक्तmीको रुपमा जिम्मेवारी दिने निर्णय गरेको छ । सम्पर्क व्यक्तmीको रुपमा जिम्मेवारी तोकिएका व्यक्तmीहरुले तोकिएको स्थानिय सरकार संग सम्पर्क र समन्वयमा रही स्थानिय सरकारलाई आवस्यक सहयोग पुराउन र स्थानिय तहमा भए गरेका बिभिन्न गतिबिधिहरु जिल्ला शाखा दाङमा तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।

जिल्लामा रगत अभाव हुन नदिन प्रशासन संग समन्वयमा रहने  बिश्वभरी कोरोना प्रभावको कारण पछिल्नो समय रगत अभावको समस्या समेत देखिन थालेको र त्यसको असर नेपालमा समेत देखीएकोले दाङ जिल्लामा रहेको घोराही र तुलसीपुरमा रहेका रक्तसंचार केन्द्रहरुमा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय संग आवश्यक समन्वय गरि बिभिन्न गतिबिधिहरु संचालन गरी जिल्लामा रगत अभाव हुन नदिने निर्णय समेत निर्णय गरिएको दाङ रेडक्रसका मन्त्रि प्रकाश श्रिवन्दले जानकारी दिए ।