सुभाष न्यौपाने
स्थानीय तह जनताको सरकार रे
जनताको व्यथा बुझ्न दरकार के ?
चुनाव जिते पुग्छ, जनता किन चाहियो ?
आसेपासे भए पुग्छ अरु के चाहियो ??
स्थानीय निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । नेपाली जनता नयाँ स्थानीय सरकार गठन गर्ने प्रक्रिया सम्पन्न गरिसकेका छन् । जनताको आ–आफ्नो इच्छा र चाहना अनुसार मतदान गरी नतिजा समेत हासिल गरिसकेका छन् । स्थानीय निर्वाचनको परिणाम र स्थिति अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ भने आफूलाई मुलुकको पहिलो ठूलो पार्टीको रुपमा रहेको नेकपा एमाले दोस्रो अग्रपंक्तिमा रहेको छ ।
नेपाली कांग्रेसले जहाँ गठबन्धनको उम्मेदवारी दिएको थियो त्यहाँ निर्वाचन परिणाम अपेक्षाकृत रहेन भने जहाँ एक्लाएक्लै निर्वाचन मा भिडेको थियो त्यहाँ निर्वाचन परिणाम आफ्नो प्क्षमा बहुमत हासिल गर्न सफल भएको देखियो । गठबन्धनको स्वरुप हेर्ने हो भने नेपाली कांग्रेसका नेतृत्वपंक्तिमा रहेका हरेक जिल्लाका नेताहरु माथि अन्तरघातको आरोप लागेको छ । त्यसलाई उनीहरुले कसरी चिर्छन् या प्रष्ट्याउँछन् ? शून्य नतिजा हासिल गर्ने दलहरुमा पनि नेपाली कांग्रेस नै अग्रपंक्तिमा छ । जसले दुई जिल्लामा शून्य नतिजा हासिल गरेको छ भने नेकपा एमालेले ९ र नेकपा माओवादीले २५ जिल्लामा शून्यता हासिल गरेका छन् ।
सबै पार्टीका सबैजसो शीर्ष नेताले आ–आफ्नो वडा गुमाएका छन् । शेरबहादुरदेखि केपी ओलीसम्मका शीर्ष नेताहरु आ–आफ्ना वडा गुमाएका छन् । जसले जति फुइँ गरे पनि नेपाली जनताले मुलुकको राजनीति पढेर प्रयोग गरिसकेका छन् । ओलीजीको जति मीठो उखान टुक्का र ठट्यौली, हँस्यौली पाराका वाणिहरु राजनीतिमा होइन कमेडीमा प्रभावकारी हुन्छन् । कि त कमेडियन बन्नुप¥यो होइन राजनीतिज्ञ र नेता बन्ने मन छ भने कमेडी छोड्नु प¥यो । प्रहसनले एकछिन् हाँसो देला, मदा देला मत दिँदैन ।
त्यसैले राजनीतिज्ञहरु कमेडियन बनेको सुहाउँदैन । अब शेरबहादुरका कुरा गरौँ न त उनको बोली बुझिन्छ न त उनी झ्वाट्ट हेर्दा जनताप्रति अनुग्रहति देखिन्छन् तर शेरबहादुर यो मुलुकको राजनीतिमा महानायक नै हुन् । शेरबहादुर जनताको छोरो जनताकै नेता बनिरहेका छन् ।
ओलीजी भनेका विभेदकारी हुन् । उनी आम जनताबीच वर्गीय विभेद राख्दछन् । कम्युनिस्ट भनेकै दासत्वमा आधारित राजनीति गर्ने संस्था हो । किनभने त्यहाँ दासत्वको स्वीकार हुन्छ । वर्गीय विभेद हुन्छ । यदि वर्गीय विभेदकै कुरा गर्ने हो भने ओली र प्रचण्डको विलासितालाई कसरी दाँज्ने ? नेपाली कांग्रेसको समाजवादी नीति भनेको त तिमी कमाउ आफ्नो औकात अनुसार खर्च पनि गर ।
कमाउनेले आफ्नो औकात अनुसार खर्च गर्न पनि त पाउनु प¥यो नि ? धरान, धनगढी र काठमाडौंमा स्वतन्त्र उम्मेदवारको विजयको चर्चाले मुलुक तरंगीत बनेको छ । के काठमाडौंमा मधेसी मुलको व्यक्ति उम्मेदवार र विजयी बन्न नपाउने ? नेपालको संविधानले दिएको हक, अधिकारअनुसार नेपाली नागरिक जुनसुकै वर्ग, समुदायको भए पनि मतदाता र उम्मेदवार बन्न पाउने अधिकार छ ।
निर्वाचन परिणाममा नेपाली कांग्रेसले अग्रता हासिल गरेको भए पनि मतमा देखिएको बदर स्थितिलाई हेर्दा नेपाली कांग्रेसको नेतृत्वपंक्ति नेतृत्वप्रति नै ससंकित रहेको छ । पार्टीका हरेक जिल्लामा हुने समीक्षा बैठकहरुमा एकअर्काप्रति ससंकित धारणा व्यक्त भइरहेका छन् । अहिले नेपाली कांग्रेसको अवस्था कस्तो रहेको छ भने मुलुकमा लोकतन्त्रको स्थापनापश्चात चिल्ला, चुपिल्लाहरुको पार्टीमा हालिमुहाली हुनेछ भने त्यसका विरुद्धमा इमानदार कार्यकर्ताहरुले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना हुनेछ । त्यही परिस्थिति अहिले नेपाली कांग्रेसको रहेको छ ।
हुन त नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन अग्रणि स्थान हासिल गरेको छ । नेकपा एमालेभन्दा झण्डै दोब्बर सिट प्रमुख र अध्यक्ष गरेर हात पारेको छ तर नेपाली कांग्रेसका नेताहरुको राम्रो होइन हाम्रोलाई उम्मेदवार बनाउ भन्ने प्रकृतिले के बुझाउँछ ? घोराहीमा गठबन्धन सहितको टोली प्रमुख, उपप्रमुखमा पराजय भोग्नु प¥यो । यो कतिसम्म सान्दर्भिक रह्यो ? तुलसीपुरमा टीकाराम खड्काले गेहेन्द्र गिरीलाई हराए । अब गेहेन्द्रले हारेको ठाउँमा दीपकले जित्छन् त ? त्यस्तै भूपबहादुरले हारेका क्षेत्र घोराहीमा राजु खनाल र कमलकिशोरले जित्छन् त ? घरमा बसेर अड्कल काट्ने होइन जनताको घरदैलोमा समस्या बुझ्न पुग्नु पर्दछ ।
हाम्रो मत छ भनेर के भन्ने तुलसीपुरमा टीकाराम खड्काले गेहेन्द्र गिरी जो पहिले पनि माननीय भइसकेका व्यक्ति हुन् । उनले चुनाव हार्ने कांग्रेसका गम्छावालाहरुले फूर्ति गर्ने ? यस्ता नेताहरुलाई जनताले जनताकै साइजमा ल्याउने छन् । घोराहीको सन्दर्भमा जनताले मतदाता शिक्षाको कमीको अनुभव गरे । यदि मतदाता शिक्षा राम्रोसँग गठबन्धनले गर्न सकेको भए घोराही, तुलसीपुर कुनै पनि ठाउँमा पराजय भोग्नुपर्ने थिएन ।
यदि नियत रुपमा गरिएको होइन भने सबै गठबन्धनकर्ताहरुलाई थाहा हुनु पर्छ । चाहे तुलसीपुरमा गेहेन्द्र गिरी गठबन्धनमा त्यत्रो मतको अन्तर पर्छ भने भोलिका दिनमा हुने संघीय र प्रदेश निर्वाचनमा दीपक गिरी माथि पनि प्रश्न उठ्छ र शंकर कहाँ बस्ने भन्ने स्थान सुरक्षित नरहन सक्छ । अहिलेको नगर मत परिणाम हेर्ने हो भने राजु, महरा व्याक घोराही क्षेत्रमा शंकरजीलाई स्वागत गरेको देखिन्छ । याद राख गठबन्धनका बाधक जो नेतृत्वमा आफूलाई उभ्याउन चाहन्छौँ तिमीहरुको गद्दारीका कारण आफ्नो खुट्टामा आफै बञ्चरो हान्दै छौ ।
हामीले त के गर्न सक्छौँ र चोट लागेको ठाउँमा मल्हमसम्म लगाउँला तर औषधी गरेर निको पर्ने तिमीहरु आफैले हो । यदि गर्न सक्तैनौ भने क्यान्सर भएर पनि जानसक्छ । समाजको लागि उपयुक्त र राम्रो व्यक्तिलाई उम्मेदवार बनाउन नसक्दा मुलुकभर संख्यात्मक रुपमा गणना गर्दा अगाडि नै भए पनि लक्षित ठाउँ, लक्षित क्षेत्र भने पराजय भोग्नु परेको छ ।
सुनिन्छ कांग्रेसले निर्वाचन समीक्षा सुरु गर्दै छ रे, कारबाहीका लिस्ट तयार पारिसकेको छ रे । निर्वाचन अभियानमा कुन–कुन निकायले कसरी निर्वाचन प्रचार प्रसारको धारणा समन्वयका साथ सार्वजनिक गरेको कतै छ ? होइन भने खल्तीबाट निकालेको नाममा मनगढन्ते प्रचारले चुनाव जितिन्छ ? कांग्रेसको जुन निकायको समीक्ष बैठक बस्छ उनीहरु त्यो भन्दा तल्लो निकायका पदाधिकारी सदस्य तथा अन्य व्यक्तिहरुलाई कारबाहीको लागि सिफारिस लेख्छन् कहीँ देखियो त आफूभन्दा माथिल्लो निकायका नेता तथा पदाधिकारीहरुलाई औँला ठड्याउन सकेको ?
पाँच हजारभन्दा बढीको संख्यामा आफ्ना मत बदर हुनुको कारणको बारेमा कांग्रेसले विश्लेषण गर्दैन, उ त केवल फलानाले मत दिएन त्यसलाई कारबाही गर्नु पर्छ भन्ने मात्र हो । आफूले गर्नुपर्ने कार्यमा किन टुटी भयो त्यो स्वीकार्ने र सच्याउनेतर्फ उनीहरुको ध्यान छैन । उनीहरु त अर्कालाई दोषी करार गर्न मात्र उद्धत छन् । उनीहरुको कर्तव्य पालनामा भएको कमजोरी यदि कसैले औल्याउन खोज्यो भने उनीहरुलाई चित्त बुझ्दैन । उनीहरु अझ आक्रोशित हुन्छन् । त्यसैले उनीहरु नेपाली कांग्रेसलाई शून्यमा पु¥याएर मात्र छोड्छन् ।