निर्माण व्यवसायी महासंघको साधारणसभामा पत्रकार खड्का र भट्टराई सम्मानित

दाङ,१३ जेठ। नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशले दाङका पत्रकार नारायण खड्का र निशान दाजु भट्टराईलाई सम्मान गरेको छ ।

शुक्रवार लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आयोजित नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको बिशेष साधारणसभाको अवसरमा पत्रकार खड्का र भट्टराई नगदसहित सम्मानित भएका हुन ।

विकास निर्माण र निर्माण ब्यबसायीको पक्षमा पत्रकारीताको माध्यमबाट कलम चलाई महत्वपूर्ण भुमिका निर्बाह गर्नु भएको भन्दै महासंघले पत्रकारहरुलाई सम्मान गरेको हो ।  निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र महासंघका केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले टिका, खादा र माला लगाएर सम्मान गरेका थिए । खड्का सेतो पार्टी अनलाइनका दाङ समाचारदाताका रुपमा कार्यरत रहेका छन् ।