गाउँ गाउँ मास्क त पुग्यो, तर अझै अभ्यस्त देखिएनन् प्रयोगकर्ताहरु
दाङ चैत १८ । कोरोना संक्रमणको त्राससंगै त्यसवाट बच्ने उपायहरुको खोजी व्यापक भयो । उपायका रुमा सबै भन्दा पहिले सुझाइयोे, मुखमा मास्क लगाउने । अनी सेनेटाइजरले हात धुने ।
सेनेटाइजरको ठाँउमा सावुन पानीले हात धुने कुरा पनि आयो । सावुन पानी सहजै उपलब्ध नहुने अबस्था वा स्थानमा, जस्तो कार्यालय, मा सेनेटाइजर राख्न थालियो । तर, मास्कको अर्को विकल्प थिएन । काठमाण्डौको धुलोवाट बच्नका लागि लगाउने रुपमा मात्र मास्कलाई चिनिन्थ्यो । तर, अहिले कोरोनावाट बच्न भन्दै गाउँ गाउँमा मास्क पुगेको छ ।
मास्क गाउँमा त पुग्यो, तर त्यसको अभ्यस्ततामा भने अझै सहज अनुभुव गरिएको पाइएको देखिदैन । प्रयोगको तरिकाका सन्दर्भमा पनि खासै जानकारी नभएको देखिन्छ । गोरक्षकर्मी खेम रिजाल बेलझण्डी क्षेत्रबाट आफ्नो वरपरको बस्तीमा मास्क पुगे पनि खासै प्रयोग नगएिको खबर पठाउछन् । रिजालले पठाएको खबरमा भनिएको छ, ‘हाम्रो गाउँ घरमा सर्वसाधारण हरूले मास्कको प्रयोग खासै गरेको देखिन् । सडकमा हिड्दा लगाउने तर ग्रुपमा बस्दा निकालेर कुरा गर्ने गरेको देखिन्छ ।’
मास्क लगाउँदा बानी नपरेर निस्सास्सिएको अनुभव गर्छन् सर्वसाधारणहरु, अनी नियमित लगाउन सक्दैनन् । रिजालले पठाएको खबरमा भनिएको छ, ‘स्थानीय चमेलि रिजाल, लङरूटमा भिडभाडमा अनिवार्य मास्क लगाए पनि घरमा नलाउने बताउछिन् । सवैले कपडाको मास्क भने राखेकाछन् ।’
‘मास्क प्रयोग गर्दा कोरोना संक्रमणसंगै अन्य धुलो धुवाबाट समेत बचन सिकने भएकाले यसलाई अनिवार्य प्रयोग गर्दा राम्रो हुने’ अनुभुती भएको स्थानीय चन्द्रा वलीले सुनाइन् ।
उता अर्का गोरक्षकर्मी बालाराम खड्काले पछिल्लो समयमा गाउँ घरमा मास्क लगाउनेहरूको संख्वा ह्वात्तै बढेको खबर पठकएका छन् । ‘कोरोना भाइरसको संक्रमणवाट बच्न र बचाउन भन्दै सवैले अनिवार्य मास्क भने राखेका छन्, तर धेरैले मुखमा झुन्डाए पनि सहिरूपले सदुपयोग गरेको भने देखिदैन’ खड्काले तुलसीपुरको रक्षाचौर क्षेत्रबाट पठाएको खबरमा भनिएको छ ।
यस अघि मास्कनै प्रयोग नगर्नेले पनि प्रयोग भने गर्न थालेका छन् । ‘मास्क प्रयोग गर्दा कोरोना संक्रमणसंगै अन्य धुलो धुवाबाट समेत बचन सिकने भएकाले यसलाई अनिवार्य प्रयोग गर्दा राम्रो हुने अनुभुती भएको स्थानीय चन्द्रा वलीले सुनाइन् । उनले मेडिकल मास्क नभए पनि कपडाको मास्क प्रयोग गरिरहेको बताइन्’ खड्काको खबरमा उल्लेख छ । खड्काका अनुसार मास्कको प्रयोग गर्दा सुरु सुरुमा धेरैले सास फेर्न अफ्ठयारो महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
गारक्षकर्मी खड्काले आफ्नो घरका सवै सदस्यले मास्क लगाउने गरेका जानकारी पनि दिएका छन् । ‘घरमा भन्दा पनि वाहिर निक्लने समयमा मास्क लगाउने गरेका छन् । बालबालिकाहरूले भने कोरोनाको संक्रमण अगावै प्रयोग गर्ने गरेका थि । अन्य परिवारका सदस्यहरूले काम गर्दा धुलो बाट बचन प्रयोग गर्ने गरेका थिए’ आफ्नो घरभित्र मास्को प्रयोगका बारेमा उनले भनेका छन् ।
अर्का गोरक्षकर्मी सुलोचना गौतमका अनुसार गाउँघर तिर मास्क त देखिन्छ, तर त्यसको प्रयोगमा भने सबै अभ्यस्त देखिदैनन् । घोराहीको अम्बिकेश्वरी मन्दिर आसपासको क्षेत्रबाट गौतमले पठाएको खबरमा उल्लेख छ, ‘एक्लै हुँदा लगाउने, अरुका अगाडि लाज मानेझै गरी निकाल्ने गरेको देखिन्छ, सबै मास्कको प्रयोगमा अभ्यस्त भै नसकेको पाइएको छ ।’ नजिकहुँदा लगाउनु पर्ने र मुख चलाउँदा, बोल्दा पनि अनिवार्य लगाउने भनिए पनि कुरा गर्नेवेलामा मास्क खोलेर कुरा गरेको देखिने गरेकाले मास्कको सही सदूपयोग नभएको झै महसुस भएको खबर गौतमले पठाएकी छन् ।
उता देउखुरी क्षेत्रको अबस्था पनि मिल्दो जुल्दो रहेको गोरक्षकर्मी शिबराज खनालले पठाएको खबरमा उल्लेख छ । खनालले पठाएको खबरमा भनिएको छ,‘देउखुरी क्षेत्रका अधिकांश गाउँमा मास्क लागाएरै हिडेको देखियो । केही ठाउँमा भने महिलाले दोपट्टा र पुरुषले गम्छालाई माक्सको रुपमा प्रयोग गरेको पनि भेटियो ।’ गाउँ तथा बजार क्षेत्रमा पनि मास्कमा भने अभ्यस्त भैनसकेको प्रष्ट देख्न सकिने खनालले पठाएको खबरमा उल्लेख छ । ‘मान्छेहरु कुरा गर्दा मास्क खोलेर कुरा गरेको देखिन्छ’ उनको खबरमा उल्लेख छ ।
पहिलो पटक मास्क लगाउँदा उकुसमुकुस अनुभुती भैरहेको छ, मास्कको नयाँ प्रयोगकर्तालाई । खनालले आफ्नो खबरमा भन्छन्, ‘पहिलो पटक माक्स लगाएका चित्र बहादुर थापाले भने ‘उकुसमुकुस भएजस्तो लाग्यो ।’ कतिपय मानिसमा माक्स लगाएर हिंडे कोरोना संक्रमण लाग्दैन भन्ने भ्रम परेको पाइएको पनि गोरक्षकर्मी खनालले देउखुरीको लमही क्षेत्रबाट पठाएको खबरमा उल्लेख छ ।
