कुरा होइन काम गरेर देखाउछौं : गिरी

तुलसीपुर, २६ बैशाख गठबन्धनका उम्मेदवारहरुले तुलसीपुर वडा नं. को रानागाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरीले चुनाव जितेपछि जनमुखी काम गर्ने प्रतिबद्धता जनाए

अघिल्लो पटक नेकपा एमालेका नेताहरुले ठूलाठूला सपना देखाएर चुनाव जिते पनि त्यो अनुसार पटक्कै काम नगरेको गिरीले आरोप लगाए यसअघि यहाँका नेताहरु सुकुम्बासी समस्या समाधान आयोगमा रहँदा रहँदै पनि एउटा गरिबलाई पनि जग्गाधनी पूर्जा वितरण गर्न सक्नुभएन, गिरीले भनेहामीलाई बिजयी गराएमा हाम्रो पहिलो प्राथमिकता जग्गाका स्वामित्व हस्तान्तरण गर्नु नै हुनेछ

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा उपप्रमुख पदका उम्मेदवार जोगबहादुर रानाले गठबन्धनले ढाँटछलको राजनीति नगरी बोलेअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. का सभापति झुपलाल वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. का वडा अध्यक्षका उम्मेदवार मंगल नेपाली, महिला सदस्य पदकी उम्मेदवार रेश्मी वली, दलित महिला सदस्य पदकी उम्मेदवार श्रृजना टोमटा, खुल्ला सदस्य पदका उम्मेदवार कलिभान रोका, राजेन्द्र गुरुङ, नेपाली कांग्रेस वडा नं. का नेता स्यामराज महतरा, महिला समूहको प्रतिनिधि सन्तु वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए

नेकपा एकीकृत समाजबादीका तुलसीपुर उपमहानगरपालिका वडा नं. का अध्यक्ष चेतबहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका तुलसीपुर उपमहानगरपालिका वडा नं. का अध्यक्ष प्रेम प्रकाश मल्लले गरेका थिए

 यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. को राजापुरमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको यसैबीच गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार गिरीले  बृद्धभत्तालाई वडास्तरबाटै बितरण गर्ने व्यवस्था मिलाउने बताए

तुलसीपुरमा बृद्धभत्ता लिनका लाग घण्टौँ लाइनमा बस्दै आएका ज्येष्ठ नागरिकहरुसँग भलाकुसारी गर्दै गिरीले सामाजिक सुरक्षाभत्ताअन्तर्गत बृद्धभत्ताको बहानामा ज्येष्ठ नागरिकहरुले विगतदेखि नै सास्ती खेप्दै आइरहेको बताउँदै गिरीले आफूले चुनाव जितपछि ज्येष्ठ नागरिकको हितका लागि बृद्धभत्ता वडाबाट वितरण गर्ने गरी नीति ल्याउने सोअनुरुप पूर्णपालना गर्ने प्रतिबद्धता जनाए