तुलसीपुर, २६ बैशाख । पाँच दलिय गठवन्धन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले पार्टीका आधिकारीक उम्मेदवारलाई मतदान गरि अत्याधिक मतले विजय गराउन आग्रह गरेको छ ।
तुलसीपुरमा पत्रकार सम्मेलन गरि नेपाली काँग्रेस, नेकपा माओेवादी, नेकपा समाजवादीलगायतका दलका नेताहरुले गठवन्धन विरोधी क्रियाकलाप गर्ने जोकोही पनि कारवाहिको भागेदार हुने भन्दै गठबन्धनको पक्षमा लाग्न आग्रह समेत गरेका छन् । पत्रकार समेलनमा बोल्दै नेपाली काँग्रेसका वडा इकाई सभापति नविन बुढाथोकीले गठवन्धनका वडाका अध्यक्ष, सदस्यहरु र मेयर उपमेयरमा मतदान गरि विजय गराउन सवैलाई आग्रह गरे ।
‘‘हिजोसम्म केहि असमति विमती थिए, होला अव कसैका पनि छैन् । अव ढुकभएर आधिकारीक उम्मेदवारलाई विजय गराउन सवै लाग्नुहोस’–उनले भने । त्यस्तै नेकपा माओवादी–५ का इन्चार्ज मिनराज भण्डारीले पार्टी विपरीत र ५ दलिय गठबन्धन विरुद्ध स्वतन्त्रमा उम्मेदवार दिएका पार्टीका सदस्यहरु प्रेम बाठा, प्रतिभा हमाल र रुपेश विकलाई कारवाही गरेको भन्दै कोही कसैले पनि गठवन्धन विरोधी कार्य गरे कारवाहीको भागिदार हुने भन्दै नगर्न चेतावनी दिए ।
उनले गठवन्धनको मर्म अनुसार सवैलाई वडाध्यक्ष सदस्य र मेयर उपमेयर अत्याधिक मतले विजय गराउन आग्रह गरे । ‘कोहि कसैले पनि हाम्रो पार्टीबाट उम्मेदवारी दिएका छैन् गठवन्धन वाहेकमा वाहेक अन्यले कोहि पनि नझुकीनुहोला, अनि लहलहैमा नलाग्नु होला –पत्रकार सम्मेलनमा भने । त्यस्तै समाजवादिका नगर इश्वरी भण्डारीले गठवन्धनका आधिकारी उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोल्दै पाँच दलिय गठवन्धनबाट नेपाली काँग्रेसको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बाट वडाध्यक्षका उम्मेदवार विरेन्द्र शाहले आफुहरुले गर्न सक्ने कुरामात्र बोल्ने भन्दै आफुहरुले आकाशे पुल देखि अन्डरग्राउड पार्कीङको सपना नदेखाउने बताए । उनले जनजिविका र जनता संग प्रत्यक्ष जोडिएका गर्न सक्ने कामहरु मात्र गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विकास शिक्षा, स्वास्थ्यलगायतका कामहरु यस अघिपनि आफ्नो नेतृत्वको टिमले गरेको भन्दै अव पनि प्रतिवद्धभएर लाग्ने बताए ।
‘हामीहरुले गर्न सक्ने र जनजिविकासग जोडिएका कामहरु गर्नेछौं नसक्ने र नहुने सपना जनतालाई देखाएका छैनै उनले भने । शाहले अन्डरग्राउण्ड पार्कीङ देखि आकाशे पुल सम्मको सपना यस अघिपनि बाढेको भन्दै त्यो पुरा गर्न नसकेको बताए । उनले अहिले पनि जनतालाई झुकाउने र झुटाकुरा बाढेर केहि नहुने तर्क गरे । कार्यक्रमको सहजिकरण नेकपा माओवादीका सह इन्चार्ज प्रकाश वलीले गरेका थिए ।