कर बुझाउने समयसिमा वढ्यो
केशब बोहरा
काठमाडौ, १८ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले नेपाली व्यवसायीहरुले तिर्न बुझाउनु पर्ने करको समय सिमा २०७७ बैशाख २५ गते सम्म थप गरिएको छ ।
मन्त्री परिषद्को २०७६ चैत्र १६ गतेको नितिगत निर्णयको आधारमा आज मंगलबार मन्त्री स्तरिय निर्णय गर्दै कर तिर्ने समय सिमा २०७७ बैशाख २५ गते सम्म बढाउने निर्णय अर्थ मन्त्रालयले गरेको हो ।
आज अर्थ मन्त्रालयले सम्बन्धीत राजश्व महाशाखालाई सर्कुलर गर्दै माघ र फागुन महिना बुझाउनु पर्ने मासिक तथा दोस्रो चौमासिक मुल्य अभिबृद्धि कर (भ्याट), अन्तशुल्क चैत्र २५ गते सम्ममा विवरण सहित बुझाउनु पर्नेमा १ महिना म्याद थपि २०७७ बैशाख २५ गते सम्म तिरेमा कुनै थप जरिमाना शुल्क तथा व्याज नलाग्ने व्यवस्था गरेको छ ।
त्यसैगरि २०७६ फागुन महिनाको बुझाउने पर्ने अग्रिम कर कट्टी (टिडिएस) को रकम र विवरण २०७७ बैशाख २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयकोे मिति २०७६ चैत्र १८ गतेको पत्र संख्या ८५८ को सर्रकुल अनुसार शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दुर सन्चार सेवा दस्तुर दाखिला गर्ने म्याद पनि २०७७ बैशाख २५ गते सम्म थप गर्ने निर्णय भएको छ ।
साथै २०७६।७७ को बुझाउनु पर्ने अनुमानित आय बिवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद २०७७ बैशाख मसान्तसम्म थप गरेको छ ।
