Goraksha

National Daily

बिपन्नका लागि जुटे लमहीका २३ युवा

शिवराज खनाल

लमही चैत्र १८ दाङ । अति विपन्न परिवारका लागि भन्दै लमहीका युवाहरुले ‘बिपतको यस घड़ीमा सबै जनाले आ(आफ्नो ठाऊँबाट सक्दो सहयोग गरौ सामाजिक सदभाव कायम गरौ’ भन्दै राहत कोष स्थापना गरेका छन् । लमहिका २३ जना युबा व्यावसायी तथा समाजसेबीहरुले राहत कोषको स्थापना गरेका हुन् ।

उनीहरुले उक्त राहत कोषबाट लमही नगरपालिकालाई ९२ बोरा चामल हस्तान्तरण गर्न योजना बनाएका छन् । लकडाउनका कारण दैनिक कामकाज गरेर जिबिका निर्बाह गर्ने परिवार यतिबेला काम गर्न नपाएर भोक भोकै बस्नु पर्ने बाध्यता देखेर लमही नगर क्षेत्रभित्र रहेका समस्यामा परेका परिवारलाई सहयोगहोस भन्ने उद्देश्यले यस्तो कार्य गरेको लमहीका युबा व्यावसायी कमल जंग सिंह ठकुरीले बताए ।

नगरका सबै वडाहरुमा एकद्वार प्रणाली मार्फ़त व्यवस्थित तरीक़ाले अभिलेख राखी राहत वितरण गर्न र नगर क्षेत्र भित्र रहेका अति न्यून आयस्रोत भएका परिवार हरुको डाटा राख्नसमेत स्थानीय सरकारलाई युवाहरुले अनुरोध गरेका छन् ।
यसरी सहयोगमा जुट्ने सहयोगीहरुमा
१,सन्दीप पौडेल
२,प्रदीप राना
३,प्रमोद बस्नेत
४,अनिल कुमार मन्त्री
५,नुमराज भुसाल
६,दुलम दास चौधरी
७,सुशील कुमार कौशल
८,प्रकाश न्यौपाने
९,केशब राज पन्त
१०,जागेस्वर बसेल
११,द्वारिका प्रसाद गुप्ता(मल्लु)
१२,भरत कुमार सुनार
१३,पुरन चौधरी
१४,राजेश कुमार गुप्ता
१५,रबिन जि.सि.
१६,तुल्सीराम अर्याल
१७,गिरिराज बिस्ट
१८,भिम बहादुर बस्नेत
१९,भेषराज गैरे
२०,शितल भुसाल
२१,गणेश कुमार चौधरी
२२,किरण बिक्रम शाह
२३, कमल जंग सिंह ठकुरी रहेका छन् ।