प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दाङ आउदै

दाङ,२४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ आउने भएका छन् । स्थानीय तह निर्वाचनलाई सम्वोधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका देउवा र प्रचण्ड दाङ आउन लागेका हुन ।

घोराही र तुलसीपुर उपमहानगरपालिको यही २५ गते आईतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नृै भएका छन् ।
संयुक्त चुनावी गठबन्धन मार्फत स्थानीय तहको निर्वाचनमा होमिएकाले चुनावीसभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेताहरुले सम्वोधन गर्ने छन् ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितीले जनाएको छ । जिल्ला समन्वय समितीको दक्षिण तर्फको शहिदमञ्च बृहत कार्यक्रम आयोजना गरीएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउसो २ बजे सम्बोधन तय गरिएका छ ।