दाङ,२४ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन एक सातामा बाकी रहदा उम्मेदवारले प्रचारप्रसार तथा भेटघाटलाई व्यापक बनाएका छन् । जनताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा राख्ने र निर्वाचनका लागि मतदान गर्दै जिताउन प्रचारप्रसार गइरहेका छन् ।
यसै क्रममा शुक्रबार साझा गठबन्धनले घोराही १० नारायणपुरमा बाजागाजासहित बृहत घरदैलो गरेको छ । घोराही उपमहानगरपालिकाका मेयररउपमेयरका उम्मेदवार हेमराज शर्मा डायमण्ड, भुपबहादुर डागी, वडा न १० का अध्यक्षका उम्मेदवार दीपक पाण्डेलगायतका उम्मेदवारसहित गठबन्धनमा आवद्ध दलका केन्द्रीय तहका नेता तथा कार्यकर्तासहित घरदैलो गरिएको हो।

घरदैलोका क्रममा उम्मेदवारहरुले घोराहीको बिकास,निकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका थिए । उनीहरूले नगरको बिकासका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्दै मतदानका क्रममा दायाँबायाँ नगर्न समेत अनुरोध गरेका थिए । घरदैलोका क्रममा मतदाताहरुले गठबन्दनका उम्मेदवारलाई नारायणपुरमा अबिरटिकासहित जीतको आशीर्वाद दिएका थिए ।
प्रचारप्रसारका क्रममा नगरका विभिन्न ठाँउमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार हेमराज शर्माले परिवर्तन,विकास र समृद्धिको आधार गठबन्धनसंग भएको भन्दै जनतालाई गठबन्धनका साझा उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । उनले गठबन्धनका उम्मेदवारले जिते घोराहीको भौतिक पूर्वाधारसंगै आर्थिक,सामाजिक,सास्कृतिक गर्दै घोराहीमै रोजगारका अबसर सिर्जना गरिने बताए ।
उपमेयरका उम्मेदवार भुपबहादुर डागीले निर्वाचनमा इमानदारीताका साथ दायाबायाँ नगरी भोट हाल्न आग्रह गरे । उनले गठबन्धनका उम्मेदवारले जिते बिकास गर्न सजिलो हुने भन्दै गठबन्धनलाई जिताउने जिम्मा जनताको हातमा रहेको बताए । घोराहीमा २०७४ सालको निर्वाचनको परिणाम र अहिलेको मतदाता सङ्ख्याका आधारमा गठबन्धन अघि रहेको भन्दै गठबन्धनमा बदमासी भएमात्रै उम्मेदवारले हार्ने अबस्था रहेकाले सबै सचेत भएर इमानदारिताका साथ निर्वाचमा लाग्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले पाँच वर्ष बिकास नगर्ने र अहिले पैसाका बलमा चुनाव जित्न खोज्नेलाई जनताले बहिष्कार गर्नुपर्ने बताए । त्यसमा लागि अहिले गठबन्धन भएकाले मतदानका क्रममा झुक्किन सक्नेभएकाले मतदातालाई राम्रोसंग सिकाउन सबैले ध्यान दिन अनुरोध गरेका थिए ।
गठबन्धनको संयुक्त प्रचारप्रसारका क्रममा शुक्रबार घोराहीमा सिलाई व्यवसायीसंग छलफल गरेका छन् । गठबन्धनका उम्मेदवारहरुले घोराहीमा सिलाइ व्यवसायलाई व्यवस्थीत गर्दै सिलाई रोजगारीको केन्द्रका रुपमा बिकास गर्ने बताएका छन् । त्यसैगरी गठबन्धनका उम्मेदवारले शुक्रबार नै घोराही उपमहानगरपालिका १६ मा पूर्व जनमुक्ति सेनासंग भेट्घाट गरि उनीहरूका समस्याका बारेमा छलफल गरेका । त्यसैगरी घोराही ४ को गोग्ली,घोराही ७ को घुस्रालगायतका विभिन्न ठाँउ चुनावी कार्यक्रम भएका थिए ।