Goraksha

National Daily

कालिका मेडिकलले निःशुल्क पारासिटामोल र ईलाइट वितरण गर्ने

दाङ, चैत १८ । घोराही स्थित कालिका मेडिकलले बुधबारदेखि बिहानको समयमा पारासिटामोल ५ सय एमजी र इलाइट प्याकेट निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । कालिका मेडिकलका प्रो. बद्री खड्काले यो संकटको क्षेणमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि यस्तो निर्णय गरिएको जानकारी दिएका छन् ।

उनले सामाजिक दूरी कायम राख्दै भिडभाड नहुने गरी ती औषधी निशुल्क वितरण गर्ने व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् । ‘मेडिकलसंग सम्बन्ध सबैको साझा भावना अनुसार यो सेवा प्रवाह गर्न थालेका हौं’-उनले भने ।

त्यसैगरी कालिका मेडिकलले यो संक्रमणवाट बच्नका लागि सूचना पनि प्रवाह गरेको छ । सामाजिक सञ्जाल मार्फत मेडिकलले-‘स्वदेशी तथा बिदेशी बिज्ञ चिकित्सकहरु, बैज्ञानिकहरु तथा अनुसन्धानकर्ताहरुको भनाइलाई आधार मान्दा कोभिड १९ को संक्रमणके लक्षणका रुपमा अचानक ज्वोरो बढी आउनु, रातिको समयमा लगातार सुख्खा खोकी लाग्नु,श्वासप्रश्वास प्रणालीमा समस्या आउनु, सास फेर्न गाह्रो हुनु थकावट बढी हुनुका साथसाथै शरीरमा अन्य समस्याहरु पनि थपिदै गएमा नजीकको अस्पताल जाऔ अन्यथा आफ्नो स्वास्थ अवस्था सामान्य नै भएको महसुस छ भने त अस्पताल नगईहालौ, बरु तातोपानी बढी मात्रामा पिउँ, पटकपटक साबुनपानीले मिचीमिची हातधुऔ, सेल्फ क्वारेन्टाइनमा बसौं र आफू सहित परिवार समाजलाई बचाऔं। सामान्य ज्वोरो,टाउको दुख्ने, शरीर दुख्ने भएमा सिटामोल खाऔं र सामान्य पखाला भएमा वा शरीरमा विजलन भएमा पुनर्जलीय उपचारका लागि एक पाकेट १ लिटर उमालेर सेलाएको पानीमा घोलौं अनि सुन्तलाको स्वादमा घुटुघुटु पिऔं घरमै बसौं । कृपया, यत्रतत्र नघुमौं, सरकारले लागु गरेको लकडाउन पुर्णरुपमा पालना गरौं’भनेको छ ।