Goraksha

National Daily

दृष्टीकोण : लकडाउनमा बालबालिका

किरण थापा

यति वेला विश्व कोरोना भाइरस (कोभिड—१९) को कहरमा छ । विश्वका अधिकांस देशहरुले कोभिड—१९ को संक्रमणवाट वच्नका लागि विभिन्न उपायहरु अपनाइरहेको पाइन्छ । जस मध्ये धेरै जसो देशहरुले लकडाउन विधि अपनाएको पाइन्छ ।

नेपालमा चैत ११ वाट जारी लकडाउन सरकारले थप सतर्कता अपनाउनका लागि पुनः आठ दिनका लागि थप गरेको छ । लकडाउन र निषेध आदेशहरु जस्ता अवस्थाहरुले आम मानिसहरुको मानसिक स्वास्थ्यलाई गम्भीर रुपमा असर गर्छ । मानव सामाजीक प्राणी भएको हुदाँ यस्तो परिस्थिति मानिसका लागि भयावहको अवस्था हुुन सक्छ ।

यस्तो वेला वालवालीकाहरुमा देखिने संवेगात्मक तथा भावनात्मक क्रिया तथा प्रतिक्रियाहरु वुझी वालवालीकाहरुलाई विभिन्न रचनात्मक गतिविधीमा केन्द्रित गराई होम क्वारेन्टाइनको सदुपयोग गर्नुपर्छ ।

प्राय यस प्रकारका प्रतिवन्धमा आम मानिसहरुले घरवाट वाहिर निस्कन अनुमती पाउदैन, भेट गर्ने खोजेको व्यतिmसंग भेट गर्न सक्दैन र चाहेको कुरा गर्नवाट वञ्चित हुदाँ मनोवैज्ञानीक अशक्तता निम्ताउने गरेको पाईन्छ । यस प्रकारको प्रतिवन्धवाट हरेक उमेर समूहका मानिसहरु जुझिरहेको पाइन्छ । विभिन्न अध्ययनले वालवालीकाहरु यसको उच्च जोखीममा रहेको देखाउछ ।

वालवालीकाहरु समय सापेक्ष हुने परिवर्तनवाट उत्पन्न विभिन्न परिस्थितिहरु बुझ्न नसक्दा संघर्षरत रहेको पाइन्छ । आपत्कालिन अवस्थामा वालवालीकाहरुमा प्राय चिन्तित हुने, आत्तिने, छटपटीने, असुरक्षित महसुस गर्ने, अनिश्चितता र एक्लोपनको महसुस हुने गरेका पाइन्छ । यस्तो वेला वालवालीकाहरुमा देखिने संवेगात्मक तथा भावनात्मक क्रिया तथा प्रतिक्रियाहरु वुझी वालवालीकाहरुलाई विभिन्न रचनात्मक गतिविधीमा केन्द्रित गराई होम क्वारेन्टाइनको सदुपयोग गर्नुपर्छ । जस्ले गर्दा निषेध आदेशहरुले वालवालीकाहरुको मनोविज्ञानमा पर्ने सक्ने नकरात्मक प्रभाव कम गर्न सकिन्छ । त्यसका लागि बालबालिकाहरुका लागि निम्न बमोजिमको वातावरण बनाइदिनु पर्ने हुन्छ ।

१. समय तालीका वनाईदिने : वालवालिकाहरुको प्रायः समय विद्यालयको पठन पाठनमा व्यस्त रहने गर्छे जस्ले गर्दा उनीहरुको तालीका सोही अनुरुप विकास भएको हुन्छ । यदि वालवालीकाहरुको तालीकामा परिवर्तन हुन गएमा वालवालिकाहरुमा परिवर्तन प्रति जिज्ञासा रहने गर्छे । हरेक परिवर्तनले नयाँ अवस्थाको श्रृजना गर्ने गर्छ र वालवालीकाहरुको मनोविज्ञानमा समेत प्रभाव पार्ने गर्छ । त्यसले गर्दा वालवालीकाहरुको पृष्टपोषण हुने किसीमले दैनिक तालिका निर्माण गरिदिनु पर्छ । जस्मा श्रृजनात्मक तथा रचनात्मक फरक फरक खालको काममा सहभागी वनाउनुपर्दछ ।

२.पारिवारीक भोजन : वालवालीकाहरुका लागि परिवारका सम्पूर्ण सदस्यहरुको उपस्थिती उत्साहजनक र खुशीको क्षण रहन्छ । तर प्रायः समयहरुमा परिवारका सवै सदस्यहरुको उपस्थिती नहँुदा एकै साथ रहँदाको सुन्दर पक्षको रिक्तता महसुश गरिरहेका हुन्छन् । तसर्थ गर्दा परिवारविचको माया, सद्भाव र आत्मियता बढाउनका लागि विभिन्न भोजनका प्रकार वनाई सामूहिक रुपमा भोजन गर्दा वालवालीकाहरुमा परिवार प्रति सकरात्मक भाव र अपनत्वको संचार हुन जान्छ ।

३.इमानदार र सहि तरिकाले छलफल गर्ने  : वालवालीकाहरुसंग कुरा गर्नु भनेको उनिहरुको मन मस्तिष्क अध्ययन गर्नु पनि हो । आपतकालीन समयमा वालवालिकाहरुमा धेरै जिज्ञासाहरु रहने गर्छन् र ती जिज्ञासाहरुको छलफल मार्फत सकरात्मक तरिकाले निदान गरिनु पर्छ ।

४. मोवाइलको कम प्रयोग : बालबालिकाहरुलाई मोवाईलमा गेम खेल्ने प्रयोग गर्ने काम कम गराउनुपर्दछ । मोवाइल मार्फत बालबालिकाहरुले हेर्ने विभिन्न दृष्यहरुले उनीहरुलाई डर र त्रास सृजना हुन गई बालबालिकाहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै विभिन्न खालका रोगहरु समेत लाग्न सक्छन् ।

५. सृजनात्मक काममा व्यस्त वनाउने : वालवालिकाहरु प्राय एकै खालको काम भन्दा पनि विभिन्न फरक फरक खालको काममा सहभागी वनाउनुपर्दछ । खाना पकाउने, लुगा धुने, गार्डेनमा काम गर्ने, घर सरसफाई गर्ने जस्ता काममा सहभागी वनाउँदा उनीहरुले जीवन उपयोगी काम सिक्ने गर्दछन् ।