Goraksha

National Daily

दाङ उवासंघको घुम्ती सेवा सञ्चालनमा

अमरराज आचार्य

दाङ, चैत १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघले अति आवस्यकीय वस्तु घुम्ती सेवावाट प्रदान गर्ने सुरु गरेको छ । लकडाउनको अवधीमा अत्यन्त निम्न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालार्इ मध्यनजर गर्दै घर घरमा सामाग्री पु¥याउन थालेको हो ।
अति आवस्यक वस्तुहरुको वर्गीकरण गरि चामल दाल, नुन, तेल, ग्याँस, दुध मासु, अण्डा, तरकारी एवम् फलफुल र ग्रामिण क्षेत्रमा उत्पादन भएका कृषी उपजहरुलाई खेर जान नदिन यस प्रकारका सेवा दिन थालेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

यस प्रकारको सेवा प्रदान गर्ने क्रममा सेवाप्रदान गरिने सामाग्रीहरुको मुल्यमा कुनै बुद्धि नगरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । यस प्रकारको सेवा हाल घोराही उप महानगरपालिका वडा नं १४ र १५ का विभिन्न क्षेत्रमा र केही दिन पछि घोराहीका सवै वडाहरुमा प्रदान गरिने संघले जनाएको छ ।

यस सेवाको लागि हाल १२ वटा पिक अप भ्यान सञ्चालन गरिने संघका कोषाध्यक्ष शुसील पोख्रेलले जानकारी दिए । सेवा प्रदान गरिने अवधीभर परिचालन हुने स्वय सेवक तथा कर्मचारीहरुलाई मास्क, पन्जा र सेनीटाइजर लगाएका सुरक्षा सामाग्रीहरु प्रदान गरिनुको साथै उपभोक्ताहरुलाई पनि आवस्यकता अनुसार मास्क, पन्जा, सेनीटाइजर समेत सुपथ मुल्यमा प्रदान गरिने संघका महासचिव कार्कीले बताए । यस अभियानमान संघ, प्रदेश तथा केन्द्रीय पदाधिकारीहरुले अनुगमन गरिराखेको उवासंघले जनाएको छ ।