कोभिड—१९ को संक्रमणबाट जोखिन तीन टिप्स

डा.रामकामेश्वर ठाकुर

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न क्षेत्रका विभिन्न विज्ञ व्यक्तिहरुले भिन्नभिन्न खाले स्वास्थ्य टिप्सहरु सार्वजनिक गरीरहेका छन् । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका—१९स्थीत प्रादेशक आयुर्वेद अस्पताल विजौरीका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले आयुर्वेद विधाका विभिन्न टिप्सहरु सार्वजनिक गरेका छन् ।

आहार, विहार र औषधि गरी उनले तीन कुरामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आहारः हरीयो सागपात र फलफुल बढि खाने, माछामासु सकेसम्म नखाने, खानैपरे राम्रोसंग धाइपखाली राम्रोसंग पकाएर खाने, अजिनोमोटो मिसाइएका कुनैपनि फास्टफुड र जंकफुड नखाने, पटकपटक मनतातो पानी खाने, किनभने पानी पटक पटक पिउंदा मुखमा भएका विभिन्न भाइरसहरु पानीसंगै आमासयमा पुग्छन् । मुखमा भएको भाइरस आमासयमा पुग्छ, आमासयमा रहेको हाइड्रोक्लोरीक एसिडले भाइरसलाइ मार्न सहयोग पु¥याउंछ ।

विहारः सामान्यतया तोकिएको कम्तिमा तीन फिट दुरी कायम गरी यात्रा गर्ने, मिटिङ भेटघाट नगर्ने, किनमेलमा परीवारको एक जना सदस्य मात्रै जाने, वाहिरका बस्तुहरु सकेसम्म नछुने, भोजभतेरमा नजाने, वाहिरबाट आउनेवित्तिकै सावुनपानीले हातधुने, काप र नंङलाइ विशेषगरी सफा गर्ने । नियमित योगा अथवा व्यायम गरी शरीरलाइ स्फुर्त बनाउने । कम्तिमा दिनमा एक पटक शरीरबाट पसिना निकाल्ने, ताकि पसीनाको माध्यमबाट शरीरको वेकारहरु वाहिर जाउन् ।

औषधिः विशेष रुपमा यसको औषधि त अहिलेसम्म थाहा भएको छैन । यो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका आयुर्वेदिक औषधिहरु सेवन गर्ने । यहां पाउने गानेगुर्जोको पानी र हलेदो पकाएर खाने, थप पाइयो भने एण्टि भाइरलको रुपमा प्रयोग हुने भुमि अमला, चुत्रोको जरा, वेसार, तुलसीको पात, अदुवा, मरीच, यस्टीमधु(मरेटी)को कांडा बनाएर दिनमा तीन पटक एक चियागिलास पिउने । यी सवै जडिबुटिहरु ताजा र सफासुग्घर छ भने कुनैपनि साइड इफेक्ट देखिंदैन । यी औषधिले कोरोना भाइरसलाइ मार्न नसकेपनि कोरोनाको संक्रमणबाट बचाउन सहयोग गर्छ ।