महंगीले छुनै नसकिने बन्दै भान्सा
बालाराम खड्का
तुलसीपुर ,१८ चैत । कोरोना भाइरसको संक्रमण रोकन देश लकडाउनमा छ । लकडाउनको सात दिन पुगेसंगै बजारमा भने अत्यावश्यक भान्सामा प्रयोग हुने तरकारीलगायतका सामग्रीको मूल्य आकासीयको छ । हरेक भान्सामा प्रयोग हुने नुनदेखि सागसमेत वृद्धि भएको पाएको छ ।
बजारमा यस अघि १६० रुपैयाँ प्रकिलो पर्ने कागतीको मूल्य रु ३२० देखि रु ४०० प्रतिकिलो, अदुवा रु १३० वाट रु २०० रुपैयाँसम्म गोलभेडाँ रु ६० देखि रु ९० रुपैयाँसम्म पुगेको छ । अन्य तरकारीको मूल्य पनि आकासीएको गृहिणी देवा बस्नेतले बताइन् । ‘‘तरकारीको मूल्यमा एकरुपता छैन् किलोमा रु २० देखि रु ३० सम्म फरक छ’’ उपभोक्ताहरू भन्छन् । त्यसैगरि आफुहरूले पनि महंगो खरिद गर्नुपरेकोले उपभोक्तालाई पनि त्यही अनुसार बिक्री गर्न बाध्यभएको फुटकर व्वसायिहरू बताउछन् ।
खरिद मूल्यमा २० प्रतिसतसम्म नाफा राखी विक्री गर्नपाउने अधिकार भएपनि सो भन्दा बढि नाफा खानेगरेको उपभोक्ताहरूको गुनासो छ ।
यता व्यवसायीहरुले भने लकडाउनका कारण आफुहरुको खरिद मूल्यमा समेत वृद्धि भएको बताएका छन् । तुलसीपुर तरकारी मण्डीका व्यवसायी झुपलाल खड्काले वाहिरबाट तरकरी आउने भएका कारण केही बस्तुमा मूल्य बढेको बताए ।
तुलसीपुर उपमहानगरपालिका उपमेयर तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक माया शर्माले यस विपद्को घडीमा सवैले सवैलाई सहयोग गर्नुपर्ने भन्दै आफुखुसी भन्दापनि सुहाउँदो र जायज मूल्य लाउनु पर्ने बताईन् । उनले यस्तो बेला कालोबजारी र अनावश्यक मुल्य लिएको पाएमा कानुनबमोजिम कारवाहि हुने बताईन । तरकारी मण्डीमा मूल्य कम भएपनि फुटकरमा भने मूल्य चर्को भएको सर्वधारणहरु बताउछन् ।
