सुभाष न्यौपाने
गठबन्धन निर्वाचनमा जाने भो यो मुलुकमा
कोही सुतोस् गद्दामा या सुतोस् सुकुलमा
विधिले होइन आदेशले मुलुक अर्थ चलाउने
देशलाई माफियाको चंगुलमा फसाउने ?
स्थानीय निकायको बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै सरकार र निर्वाचन आयोगले आफ्ना गतिविधिहरु व्यापक रुपमा अगाडि बढाउँदै गइरहेको छ । निर्वाचनमा सत्ताधारी गठबन्धन दलहरु आफ्नो गठबन्धनको पहिचान सहितका उम्मेद्वार तय गर्न व्यस्त छन् भने नेकपा एमाले जो सदनको सबैभन्दा ठूलो राजनीतिक दल भएर पनि सत्ता विमुख भएर अहिले निर्वाचनमा जाँदै छ । उसको गठबन्धन दलको मुख्य आधार भनेको राप्रपा र कमल थापा । कमल थापा र लिङदेलको सहकार्य र सहयात्राको के एमालेले स्थानीय निकाय या आफ्नो कब्जा या बहुमत हासिल गर्न सक्ला ? त्यो स्वप्न नै हो ।
हो निर्वाचनमा विधि हुन्छ, प्रक्रिया हुन्छ, एजेण्डा हुन्छ, हतकण्डा हुन्छ तर त्यहाँको सबैभन्दा महत्वपूर्ण पक्ष हो जनमत । जनताको प्रत्यक्ष राजनीति गर्ने अधिकारको रक्षा गर्ने जिम्मेवारी अहिलेको पञ्चदलीय गठबन्धनको नेतृत्वकर्ता राजनैतिक दल नेपाली कांग्रेसले पाएको छ । यसका सहयात्री राजनैतिक दल नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी, भट्टराई उमेन्द्र समूह तथा राष्ट्रिय जनमोर्चा तीन दलहरु विगतका कमीकमजोरीलाई बिर्साउँदे जन समक्ष आफ्ना स्थानीय तहका कार्यक्रमहरुलाई जनसमक्ष प्रस्तुत गर्दै छन् ।
नेकपा एमाले ‘किन रुन्छस मंगले आफ्नै ढङ्गले’ भन्ने उखान चरितार्थ गर्न गइरहेको छ । नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले जसरी उत्ताउलो पारामा अत्तालिँदै पटक–पटक सदन विघटन गर्ने धृष्टताबाट नेपालको संविधान र नागरिक अधिकारलाई सर्वोच्च अदालतले आफ्नो परमादेशमार्फत् जोगाउने अभ्यास ग¥यो, प्रयत्न ग¥यो ।
जसको कारण नेपाली जनता आज स्थानीय निकाय हुँदै प्रदेश र संघीय निर्वाचनको निर्वाचन सम्पन्न गर्ने अवसर पाएको छ । मुलुकको राजनीतिमा जनतालाई गुम्राहमा राखेर कुनै पनि दल जनताको मत बटुलेर निर्वाचित हुन्छ भन्नु जनतालाई सरासर धोका दिनु हो । ओलीजी समान तागत भएका शक्तिहरु एक्लाएक्लै लड्दा बराबरीमा नतिजा आउन सक्ने सम्भावना भएका कारण पनि यी पाँच दलले गठबन्धन गरेका हुन् ।
नेपाली कांग्रेसलाई त एमालेसँग प्रतिस्पर्धा गर्न केही गाह्रो थिएन तर कम्युनिस्टहरुकै साख जोगाउन पनि नेपाली कांग्रेसले नेकपा माओवादीलगायत समाजवादी र अन्य दलहरुसँग चुनावी तालमेल गरेको हो । एक्लाएक्लै नेपाली कांग्रेस नेकपा एमालेसँग लड्न नसक्ने भन्ने शंका दूर गरे हुन्छ । एक्ला–एक्लै लडे नेपाली कांग्रेसको उम्मेद्वारले जहाँ पनि जसलाई पनि सजिलैसँग पछार्न सक्छन् । जसले आफ्ना सहकर्मी नेताहरुलाई साथमा लिएर जान सक्तैन उसले अन्य राजनैतिक दलसँग सहकार्य गर्न पनि सक्तैन ।
तसर्थ राजनीतिमा कोही अथवा कुनै राजनैतिक दलले अर्को राजनीतिक दलसँग सहकार्य वा गठबन्धन ग¥यो भनेर आक्रोशित हुनु वा बरबराउनु भनेको राम्रो कुरो होइन । राम्रो संकेत पनि होइन । हरेक मुलुकका नागरिक र नेताहरुमा राष्ट्रपूतिको राष्ट्रवादी हुनु जरुरी छ
। सोही राष्ट्रवादीकै कारण मुलुकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लोकप्रिय बन्दै गर्दा स्थानीय प्रदेश तथा संघीय निर्वाचनमा क्रान्ति र क्रान्तिको अगुवाइकर्ता पार्टी नेपाली कांग्रेसलाई समेत उछिन्दै पहिलो पार्टीको रुपमा स्थापित भइ करिब दुईतिहाइ मतको सरकार चलाउन समेत सफल भए । अन्ततः उनमा राष्ट्रवादीको उन्माद यति बढेर गयो कि जसले गर्दा उनले नेकपा एमालेबाट नेकपा बनेको समेत बिर्सियो ।
आफ्ना समकक्षी सहकर्मीहरुलाई समेत बेवास्ता गर्दै उनीहरुको कुनै स्थान र सम्मानको बेवास्ता गर्दै मान मर्दन र बेवास्ता गर्न थालेपछिको विद्रोह स्वरुपको परिणाम वर्तमान पात्र राजनैतिक दलबीच गठबन्धनको सूत्राधार भएको हो । लोकतन्त्रमा त्याग, समर्पण र राष्ट्रवादी हुनेहरु सरल र सम्मानित हुने गर्दछन् भने नेपालमा कतिपय राष्ट्रवादीहरु क्रुर र तानाशाह बन्ने दुस्साहस गरेको पाइयो ।
वर्तमान गठबन्धनको प्रमुख आधार भनेकै त्यही हो । जो परमादेशबाट होस् वा जनादेशबाट हिजो माओवादीले लुटे, पिटे, कुटे र ज्यान लिए भन्दा उखान टुक्के शैलीमा माओवादीहरुको खिल्ली उडाउने राष्ट्रवादी नेता केपी ओली आज राष्ट्रवादीको नाममा नागरिक र राष्ट्रवादीको खिल्ली उडाइरहेका छन् । उनी कसैलाई आफूभन्दा अग्रज र अग्र स्वीकार्न तयार छैनन् । उनी अहिले गठबन्धनको नामै लिन चाहन्न् कि गठबन्धन उनको लागि फोबिया प्रमाणित भएको छ । उनी कहीँ कतै पनि स्वतःस्फूर्त जनताको मास देखे भने उनलाई गठबन्धन भन्न म लागिहाल्छ ।
वर्तमानमा उनी आफूभन्दा अरु कसैलाई पनि राष्ट्रवादी नेता देख्दैनन् र देख्न चाहँदैनन् । वर्तमान गठबन्धनको उपज स्वयम् ओली प्रवृति नै हो भन्ने उनले हेक्का राख्न सक्तैनन् । उनी आफूलाई चतुर तथा बडेमानको नेता सम्झन्छन्, अरुलाई नेता स्वीकार्न तयार हुँदैनन् । यो उनको दुर्बल पक्ष हो । चाहे उनी राजनीतिमा जति नै चतुर होउन् । उनलाई मन परेन भने उनी जति नै क्षति भए पनि मन नपर्नेलाई उनले कहिल्यै पनि स्वीकार्दैनन् ।
तर यो राजनैतिक रुपमा कमजोर पक्ष हो । हिजो संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादीसँग सहकार्य गरेर खुद प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्न सफल भएको केपी शर्मा ओलीले किन प्रचण्डलाई समेट्न सकेनन् । जति बेला माधव र झलनाथ त ओलीकै पार्टीका नेता थिए । उनीहरु समेत आज घरबाट निस्किएका छन् । सकेसम्म कजाउने काम सके भजाउने स्वभावका नेता ओली आफ्ना कठोर निर्णयबाट हुने परिणामप्रति कत्ति पनि निराश र चिन्तित देखिँदैनन् तर त्यो परिणामले मुलुक र जनताप्रति पार्टीको नकारात्मक परिणामप्रति उनी कत्ति पनि चिन्तित र उदास देखिँदैनन् ।
उनीसँग रहेको रमाइलो पक्ष टुक्कैटुक्काबाट उनले श्रोताहरुको मन भुलाउनसक्ने क्षमता भने राख्दछन् । उनले गरेका गलत कार्यहरु पनि अर्कालाई दोष दिँदे जनता र राष्ट्रप्रति आफू इमानदार रहेको भन्ने पुष्टि गर्न पनि चातुर्यता प्रकट गर्न सक्दछन् ।
अर्कोतर्फ गठबन्धनमा रहेका चतुर गाँडु नेताहरु जति नै फाइफुइ गरे पनि आफ्नो धोती फुस्केको थाहा नपाउने अवस्थामा छन् । उनीहरु संकीर्ण मानसिकतामा छन् ।
साना मसिना कुराहरुलाई पनि ठूलो रुपमा जनतासमक्ष प्रस्तुत गर्दै आपफ्ना कमजोरीहरु बाहिर प्रस्तुत गर्ने गर्छन् । जसको कारण यिनीमध्येका चतुर खेलाडी चाहिँ ओली नै हुन् तर उनलाइृ आफ्नो चाहना पूरा भए मुलुक र जनताको स्वार्थ भाँड्मा जाय । यति हुँदाहुँदै पनि उनी चतुर खेलाडी हुन् । उता गठबन्धनको तागतमा अर्थमन्त्री जनार्दन शर्मा पनि संकटमा परेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले विधि र विधानबाट नभइ ठाडो आदेशबाट मुलुकको आर्थिक गतिविधि सञ्चालन गर्न थालेको भन्ने आरोप लागिरहेकै बेला मन्त्रिपरिषद्को नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद शर्माका विरुद्धमा भएको निर्णय तत्काल लागू नगर्नु, नगराउनु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेश ले अथर्जमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको छ । गत चैत २४ गते गभर्नर अधिकारीलाई पदमुक्त गर्ने गरी अर्थमन्त्री शर्माको प्रश्नमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जँचबुझ समिति समेत गठन गरेका थिए । गभर्नर अधिकारी सोही दिनदेखि निलम्बनमा परेका थिए ।
०५९ को आम निर्वाचनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले डा तिल रावललाई गभर्नर नियुक्त गर्न खोजेका थिए भने अर्थमन्त्री महेश आचार्यले रामविनोद भट्टराईलाई गभर्नर बनाउन चाहन्थे तर मन्त्रिपरिषद्को निर्णयबाट तिलक रावल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएन । त्यसपछि अर्थमन्त्री महेश आचार्यले नैतिकताको आधारमा अर्थमन्त्रीबाट राजिनामा गरेका थिए । के जनार्दन शर्मा महेश आचार्य बन्न सक्लान् त ?यो आजभन्दा २२ वर्ष अगाडिको घटना हो । यसपालि अर्थात् चैत २४ गतेदेखि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी बाह्र दिनपछि पुनः आफ्नो तहमा फिर्ता भएका छन् ।
के अब अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजिनामा देलान् त ? स्थानीय निर्वाचनको तोकिएको मिति बैशाख ३० आउन अब २१ दिन मात्र बाँकी छ । अब निर्वाचनको उम्मेद्वारी दाखिला गर्दाका दिनसम्म सामान्य उतारचढाव त आउने नै छ । जेसुकै भए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने निश्चित अहिलेसम्म देखिएको छ ।
जनताको चाहना छ भनी मसल र माफियाको बिम्म राजनीति न बनोस् भन्ने छ र आशा पनि त्यही गरेका छन् । तर गठबन्धनमा विश्वास गर्ने नेपाली जनताले आग्रह गरेका छन् कि गठबन्धनका सबै नेता कार्यकर्ताको आग्रह छ कि सबैले सबैमा आफ्नो विश्वास र इमानदारी प्रदर्शन गरौँ । गठबन्धन पक्षधर सबै उम्मेद्वारलाई विजयी गराऔँ । सबैको सहमतिमा अझै कहीँकतै उम्मेद्वारीमा भुल सुधार गर्नुपर्ने अअवस्था छ भने त्यसलाई सुधारेर निर्णय सच्याउन सक्ने समय अझै बाँकी छ । सबैको सकारात्मक धारणा अनुसार गर्दा राम्रो हुन्छ ।