शिवराज खनाल
देउखुरी, ९ बैशाख । दाङको एक मज्जितमा अपरिचित व्यक्तिको समुहबाट आक्रमण हुदा एकजना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएका छन ।
शुक्रबार दिउँसो करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिलेसुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासी बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मज्जित परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिएका छन् ।
हतियार प्रयोगबाट लमही नगरपालिका–५ निवासी ६४ वर्षिय गुठे कुरेसी, सोसी निवासी ३३ बर्र्षीय अरसद अलि, सवविर अलि, ५२ बर्षीय मोहम्मद कासिम, २९ बर्षीय सकिल अलि, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते भएको प्रमुख थापाले बताए ।
घाइतेहरू मध्य चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । अपरिचित व्यक्तिहरू प्रहार रहेको र उनीहरू बारे अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते मध्य एकजनाको टाउको गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।