घरखर्च धान्न सकस

युवराज शर्मा
नेपालीको आर्थिक अवस्था कोभिड–१९ पछिका दिनहरुले देखायो । नेताहरुले देशमा परिवर्तन ल्यौँ भन्दै भाषण गरे पनि राजनीतिक परिवर्तनले नेपालीको जीवन स्तरमा कुनै परिवर्तन आएन, अनुभूति पनि गर्न पाएनन् । नागरिकले करको भार मात्र व्यहोर्नु परेको समय आयो ।

सामाजिक भावना सेलायो । स्वार्थी भावना बढ्यो । मान्छे देखेर मान्छे डराउनु पर्ने दि आयो । विदेश वा स्वदेशमा कमाउन गएका मजदुरहरुले ज्याला मजदुरी नपाएर भोकभोकै हिड्दा पनि हाम्रा जनप्रतिनिधिहरुको आत्मा दुखेन । उनीहरुका समस्यामा कोही पनि बोलेनन् । बजार सहरहरुमा व्यापार व्यवसाय पनि भएन । लकडाउनको झ्का परेकाहरुको आत्मा दुखित छ । धेरै ठाउँहरुमा लकडाउनको समयमा हिउँदेबाली भिœयाउन र वर्षे बाली लगाउन समस्या भयो । एकातर्फ रोगको डर, अर्कोतर्फ सरकारी प्रहरहिरुको हप्काइले संकट भयो ।

खेतीपातीको काममा प्रयोग गर्ने टेक्टर पनि प्रयोगमा आएनन् । किसानहरुका लागि ठूलो समस्या भएको थियो । खेतीमा निर्भर भएका मानिसहरुका लागि घरखर्च धान्न सकस भयो । भारतमा नोकरी गर्न गएकाहरु पनि कोरोनाको कारणले घर फर्केका थिए । उनीहरुलाई खाद्य समस्या टार्न सकस भयो । समस्यामा परेका गाउँघरमा धेरै घरपरिवार थिए । जनप्रतिनिधिहरुले त्यस्ता वर्गप्रति वास्ता गरेनन् । घर।खर्च धान्न सकस परेको कथा र व्यथा आपसमा गर्थे । यसले स्पष्ट संकेत दिएको थियो कि राजनीति गर्नेहरु स्वार्थी हुन्छन् ।

कोरोनाले गर्दा मानव शरीरमा मात्र हानीनोक्सानी भयो भन्छन् तर स्थानीय तह, प्रदेश र संघीय सरकारमा बढेको अनियमितता, आर्थिक दुरुपयोग, व्यक्तिगत फाइदा लिने प्रवृत्ति र प्राकृतिक स्रोतहरुको दोहन कार्यमा जनप्रतिनिधिहरु नै अग्रसर भएको अवस्था आयो । किसानहरुलाई मल, बिउ र ओखतीको अभाव बन्यो । देशमा गणतन्त्रको शासन पद्धति नागरिकलाई उपलब्धिमूलक देखाउन जनप्रतिनिधिहरु सफल भएनन् । विदेशबाट रोजगारी गुमाएर आएका युवायुवतीहरु निराश बने ।

उनीहरुलाई घरखर्च धान्न समस्या भयो । खाद्य वस्तुहरुको मूल्य वृद्धि भयो । अब घरखर्च कसरी धान्ने ? सबैमा चिन्ता बढ्यो । खाद्य वस्तुहरुमा आत्मनिर्भर नेपाल बन्न नसकेको अवस्था देखियो । कृषिमा सुधार भएन । किसानले पैसा तिरेर भए पनि समयमा उनीहरुलाई मल, बिउ र ओखती पु¥याउन सकेनन् । न त मलको कारखाना बनाउन सके न त बिउ भण्डारण गर्ने ठाउँ नै बनाउन सके ।

गणतन्त्र आएको पनि पाँच वर्ष बित्यो तर कतिपय जनप्रतिनिधिहरुले बजार र सहरमा घर बनाए । व्यक्तिगत फाइदाहरु भरपुर लिनेहरु धेरै भए । इमानदाहरुको कदर भएन । अनियमितता गर्नेहरुको दुरुपयो गरेको कुनै सरकारले बदर गर्न सकेनन् । तैँ चुप मै चुप भएको इतिहास बनाएका छन् । त्यस्तै बनिरहेको छ ।

धेरै नेपालीको गन्तव्य भारतका ठूला र साना सहर, बजारहरु हुन् । उनीहरुले ६ महिनादेखि ५ वर्षसम्म बिताउने गाउँहरु मात्र भयो । जब समुद्र पार भएका देशहरुमा रोजगारीका लागि जाने गर्छन् । कतिको कमाइ राम्रो छ भने कतिपयको कमाइले घरखर्च धान्न समस्या छ । भो मेटाउन, रोगको उपचार गर्न र बास बस्ने घर बनाउन नेपालीले दुःख गर्दै आएका छन् । त्यसैका लागि धन कमाउन विदेशिन्छन् ।

कतिपयको भाग्य सप्रिन्छ भने कतिपयको जीवनलीला परदेशमा समाप्त हुन्छ । बन्द बाकसमा घर फर्किन्छन् । घरमा परिवार, छोराछोरीलाई रुवाबासी गराउँछन् । न धन, न जन हुन्छ । त्यसबेला उनीहरुलाई घरखर्च धान्न सकस हुन्छ । देशमा दुई वर्षमा भएका लकडाउनले गरिखाने नागरिकलाई मर्नु न बाँच्नु बनायो । विदेशिएकाहरु आफ्नो राष्ट्रमा पर्के ।

राष्ट्रियताको भावना देखाए तर उनीहरुप्रति जनप्रतिनिधिहरुको दया र माया धेरैबाट भएन । गाउँघरमा गाउँलेहरु भन्छन्– केका लागि फेरि चुनावमा उम्मेद्वार बन्दै छन् श्र जति कमाउने हो पाँच वर्षमा कमायौ । अब के कामका लागि कमाउने हो ? नागरिकले मुख खोलेर भने । सत्य, निष्ठा र विश्वास दिलाउन नसक्ने नेता भयौ । गाउँलेहरुका माग छन्– सुलभ मूल्यमा मल, बिउ र ओखती सर्वशुलब हुनुपर्छ ।

स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते हुने भयो । राजनीतिक दलहरु तछाड र मछाड गर्दैछन् । नागरिकको घरदैलोमा भोट माग्न हिडेका छन् । मोटर र बाइकमा सडकहरुमा दगुरिरहेका छन् । त्यस्ता व्यत्तिःहरु धन र बलमा मात्र छन् । नेपालको राजनीतिम धन, बल र छलमा अडेको छ । भोका र नाङ्गा जनतालाई मासु र चिउरा भए पुग्छ ।

तर रक्सी खानेहरुलाई उनीहरुको मन शान्त पार्न रक्सी नै चाहिन्छ । सक्सी पेय पदार्थ हो । यसैमा शक्ति अडेको छ । भक्तिको भजन पनि हुन्छ । तर नेपाली युवायुवतीहरु खाडी मुलुकहरुमा काम गर्न नगएपछि उनीहरुको घर खर्च चल्दैन । नेपालमा जति शासनहरु फेरिए पनि राजनीति फेरबदल भए पनि नेपालीको जीवनशैलीमा परिवर्तन हुने छैन । तर राजनीतिक दलका नेताहरु हुने परिवर्तन र उनीहरुको जीवन शैलीलाई हेर्दा यति चाँडै आर्थिक प्राीपतको परिवर्तन कुनै देशका नेताको देखिन्न ।

यिनीहरुलाई घरखर्च धान्न सकसर पर्छ । राणाहरुले भन्थे – एउटाको घर नरित्तिँदै अर्काको घरमा आर्थिक उन्नति हुन्न । त्यसकारण नेपालको राजनीति धन कमाउने नीतिमा सीमित छ । यस्तो नीतिका कारण नेताहरुमा समृद्धि पलायो तर जनतामा खाद्य संकट, उपचार समस्या, बालबालिकाको शिक्षा, गाउँमा खानेपानीको समस्या, बिजुली बत्तीको शुलभता, स्वास्थ्योपचारको प्रबन्ध र राजगारीको वातावरण आम नागरिकका लागि सर्वमूल्यको व्यवस्था भएन, गरिएन । विकास देशमा भयो, भन्नु हुँदैन भन्छन्, गाउँलेहरु ।

कुनै पनि दलको सरकारले कृषिमा सुधार र परिवर्तन नल्याएसम्म नेपालीको जीवन स्तर सुधार हुँदैन । राजनीतिक दलका नेताहरुले जहाँ भएर जेजति भाषण गरे पनि जनताले रासन पाउने आधार नै कृषि व्यवसाय हो । जेजस्ता उद्योग भने पनि कच्चापदार्थका लागि कृषि नै मानिन्छ । त्यसका लागि सरकारले मल, बिउ, ओखती र कृषि उपकरणहरु न्यूनतम ५० प्रतिशत सम्मको छुट व्यवस्था गरिदिएपछि मात्र युवायुवतीहरुको आकर्षण खेती गर्ने र अन्य कृषि व्यवसायमा रुचि जाग्ने थियो ।

सरकारले प्रेरणा, रुची र साहस दिन कार्यक्रम ल्याएन । कृषिमा आधुनिकीकरणका कुराहरु आए । तर उत्पादित वस्तुहरुको बजार भाउ र बजारकिरण गरेर विक्री केन्द्रहरुको व्यवस्था भएन । बिचौलिया प्रथा र कमिशनको मात्र व्यवस्था भयो । आफ्नो उत्पादनमा ह्रास आएपछि वैदेशिक रोजगारको आधारले नेपाली कसरी घर खर्च धान्छन् ? आर्थिक स्रोतको अभाव छ । खाद्यमा परनिर्भरता छ । नागरिक भोक, रोग र अभावले तड्पिरहेका छन् । उनीहरुलाई घरखर्च धान्न सकस छ । तर दलका नेताहरुको सोचाइ शून्यतामा शून्य सरी छ भन्छन् गाउँलेहरु ।