Goraksha

National Daily

हापुरेमा एक घरमा आगलागी

देवी भण्डारी

हापुरे १७ चैत । बबई गाउपालीका ५ हापुरे पदमपुर सामुदायिक वन नजिकैको एक घर आगलागी भएको छ ।

बबई ५ हापुरे निवासी मंगता कामीको एकछाने घरमा आगो लागेको हो । मध्यान्नको समयमा लागेको आगो अहिले नियन्त्रणमा आईसकेको ईलाका प्रहरी कार्यलय हापुरेका प्रहरी नायव निरिकक्षक देबराज वलीले जानकारी दिए ।

आगलागीबाट १ लाख २५ हजारको अन्न पात तथा एक छाने घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।