Goraksha

National Daily

लकडाउनमा फरक दैनिकी : सेनिटाइजर उत्पादनमा व्यस्त छन् राजिव

सुलोचना गौतम

दाङ १७ चैत । लकडाउनको समयमा के गरेर दिन विताउनु हुन्छ भनेर सोध्ने हो भने प्रायःको मिल्दो जवाफ आउने गर्छ, ‘बोर भैयो, दिन काट्नै गाह्रो छ ।’ तर, यस्तै सवाल गर्दा दाङ घोराही निवासी राजीव गौतमले भने फरक जवाफ दिए । जवाफ थियो, ‘सेनिटाइजर बनाउन व्यस्त छु ।’

विज्ञान विषयमा स्नातक गरेका उनले लामो समय सो बिषय अध्यापन पनि गरे । अहिले उनी विज्ञान पढ्दाका अभ्यासहरुका आधारमा केही न केही उत्पादनमा समय दिने गर्छन । पानीको व्यापार गर्ने व्यापारि भनेर समेत परिचय बनाएका उनले केही समयअगाडि गाडी धुलाइको सेवा शुरु गरे ।

अनी उनले विज्ञान संझे, ल्याव सम्झे, केमिकल संझे र त्यसको मिसावटको फर्मुला संझे । युटुव, गुगलको साथ पनि लिए ।

धुलाउने क्रममा उनलाई सेवाग्राहीको गाडी चम्काइदिने चाहना भयो । अनी उनले विज्ञान संझे, ल्याव सम्झे, केमिकल संझे र त्यसको मिसावटको फर्मुला संझे । युटुव, गुगलको साथ पनि लिए । अनी बनाए गाडी धुने सेम्पो, गाडिमा लागाउने वास, हरपिक, क्लिनर, प्राङगारिक मल आदी । ‘यस्ता १० प्रकारका उत्पादन प्रयोगमा आइसकेका छन्’, उनले भने, ‘अहिले कोरोनाको संक्रमणको समयमा सेनिटाइजरको अभाव भन्ने सुनेपछि यो उत्पादनमा लागेको छु ।’

आजकल उनको दिनचर्या यही उत्पादनमा कटिरहेको छ । ‘राम्रो वजार पाएको छ’, उनी भन्छन्, ‘सरसफाईका लागि मेरो योगदान हो भनेर उत्पादनलाई निरन्तरता दिइरहेको छु ।’ थोरै लगानीमा, आफ्नै घर परिसरमै, घरपरिवारका सदस्यहरुको सहयोगमा र केही सहयोगीहरुको साथ लिएर उनले बजारको माग पुरा गर्ने प्रयत्न गर्दै छन् । त्यसैले बजार मूल्यभन्दा कममा आफ्नो उत्पादन बेच्न सकिएको उनी वताउछन् । ‘इन्टरनेटको प्रसस्त साथ लिएको छुँ, तरिका त्यहीँबाट सिकेको हुँ’ उनी भन्छन्, ‘सेनिटाइजर मात्र हैन, यो भन्दा पहिलेका उत्पादनका सन्र्दमा पनि प्रयोगकर्ताहरुवाट केही गुनासो आएको छैन ।’

गौतमले आफ्नो उत्पादन अहिले दाङभन्दा बाहिर पनि पठाइरहेका छन् । ‘दाङलगायत रोल्पा रूकुमसम्म पठाएको छुँ’, उनी भन्छन, ‘रूकुम रोल्पा त थोरै पठाको हुँ, सबै दाङ मै बिक्री भैरहेको छ ।’

कोरोना संक्रमणको त्रास ह्वात्तै बढेदखि उनले सेनिटाइजर उत्पादन शुरु गरेका हुन् । ‘८/९ दिन भयो उत्पादन शुरु गरेको, ३ सय लिटर भन्दा बढी उत्पादन गरिएछ’ उनले भने ।