कांग्रेसले भन्यो, ‘न्यून आय भएकाबारेमा सोचौं’
काठमाडौ चैत १७ । नेपाली कांग्रेसले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्न तिन तहका सरकारको साझा जिम्मेवारी को बिषय रहेको हुँदा त्यस तर्फ ध्यानाकर्षण गराएको छ ।
कोरोनाको संक्रमणवाट मुलुक बिश्व गुज्रीरहेको अति संबेदनशील घडीमा प्रत्येक नागरिकको जीवनको सुरक्षा प्रमुख दायित्व र जिम्मेवारी हुने भएकाले सबैलाई गंभिर पनि कांग्रेसले आग्रह गरेको छ । आइतवार कांग्रेसको स्थानीय तह समन्वय बिभागका तर्फवाट जारी बिज्ञप्तीमा ‘यो महामारीबाट आम नागरिकलाई सुरक्षित राख्न गाउँ गाउँमा आवस्यक जनचेतनामुलक कार्यक्रमहरु, क्वारेन्टाईन, सुरक्षीत एकान्तबास को निर्माण गर्नुहुन समेत अनुरोध छ। पछिल्लो महीनामा आफ्ना छर छिमेक, टोल , बस्तिहरुमा बिदेसबाट आएकाहरुको समेत बिस्तृत पहिचाहन गरी लगत राखन उपयुक्त हुने र संका लागेमा क्वारेन्टाइन समेत को ब्यबस्था गरी केहि समयका लागि एकान्त बासको समेत ब्यबस्था गर्नुहुन अनुरोध छ’ भनिएकोे छ ।
बिभाग प्रमुख अर्जुन प्रसाद जोशीद्वारा जारी बिज्ञप्तीको पूर्ण व्यहोरा यस्तो छ :
प्रेस बिज्ञप्ती
स्थानीय तहका सम्पूर्ण साथीहरु,
यतिबेला समस्त विश्व जगत् नै कोरोनाको महामारीबाट आक्रान्त छ । स्थानीय निकायका गाउँ, नगर, उपमहा र महानगरपालिकहरू तथा वडा सरकारहरुले तथा तेहाँका बासिन्दाहरुले यस कोरोना महामारी विपदको अप्ठेरो परिस्थितिको सामना गर्नु परीरहेको छ।
यो अति संबेदनशील घडीमा प्रत्येक नागरिकको जीवनको सुरक्षा स्थानीय सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । यो महामारीबाट आम नागरिकलाई सुरक्षित राख्न गाउँ गाउँमा आवस्यक जनचेतनामुलक कार्यक्रमहरु, क्वारेन्टाईन, सुरक्षीत एकान्तबास को निर्माण गर्नुहुन समेत अनुरोध छ। पछिल्लो महीनामा आफ्ना छर छिमेक, टोल , बस्तिहरुमा बिदेसबाट आएकाहरुको समेत बिस्तृत पहिचाहन गरी लगत राखन उपयुक्त हुने र संका लागेमा क्वारेन्टाइन समेत को ब्यबस्था गरी केहि समयका लागि एकान्त बासको समेत ब्यबस्था गर्नुहुन अनुरोध छ । यस अबस्थामा बिपन्न घर परिवार पहिचाहन, स्थानीय सर्भेक्षण, रोजगार सूचना संकलन र वितरण जस्ता महत्वपूर्ण कार्यहरु स्थानीय सरकार, वडातहको संयन्त्र नै तैयार गरि सोहि निकायहरु मार्फत प्रभावकारी वितरण गर्न सकिन्छ । यी निकायहरु मार्फत सामाजिक सुरक्षा योजना कार्यान्वयन र व्यस्थापन गर्न सकिन्छ।
आबश्यक परे केहि समयका लागि स्थानीय सरकार र पालिकाहरुले घर जग्गा, घर बहाल कर छुट दिने ब्यबस्था मिलाउन सक्ने कुरा समेत सोच्न सकिने कुरा समेत अनुरोध छ।
सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्न तिन तहका सरकारको साझा जिम्मेवारी को बिषय रहेको हुँदा यी सबै सरकारहरुबाट गरिबी अझं थप कोरोना बढन नदिन, अंतरबास मा रहेको समयमा भोकमरी बाट बचाउन बेलैमा बलियो आधार तैयार गरी, बेरोजगार घर, परिवार लक्षित गरेर राहतका प्याकेजहरु घोषणा गरि अघि बढाउने तहाँ रहेका स्वास्थ्य कर्मीहरुलाई समेत अधिकतम परिचालन गर्नुहुन समेत ‘नेपाली कांग्रेस स्थानीय तह बिभाग सबै स्थानीय तहका सरकारहरुमा अनुरोध गर्दछ।
अर्जुन प्रसाद जोशी
केन्दीय सदस्य तथा प्रमुख स्थानीय तह समन्वय बिभाग
केन्द्रिय कार्यालय , सानेपा ललितपुर नेपाल।
फोन स् ०१ (५१८३२६३ ,५१८३२६३ मोबाइल ९८५१०२६६८०
