बेलझुण्डी कोराना अस्पतालमा रहेका ५ जनाको स्वाब परीक्षण नेगेटिभ
दाङ १७ चैत । कोराना अस्पताल बेलझुण्डीबाट पठाइएका ५ वटै स्वाब परीक्षणमा कोरोनाको नेगेटिभ रिपोर्ट आएको छ । अस्पतालमा भर्ना भएका ६ जनाको स्वाब परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौ पठाइएको थियो ।
कतार एयरवाट नेपाल आएकी १९ बर्षिया एक युवतीलाई काठमाडौमा कोराना संक्रमण देखिएपछि उनीसंगै एउटै जहाजवाट नेपाल आएकी आएकी दाङकी एक महिला पनि बेलझुण्डीमा आइसोलेसनमा रहेकी थिइन् । उनी सहित पाँच जनामा कोराना संक्रमण नरहेको रिपोर्ट आएको हो । संक्रमण नरहेपछि घरमै सुरक्षित रहने सल्लाहका साथ डिस्चार्ज गरिने गरिएको छ ।
सोमवारसम्म ५ जनामा कोरोना नेगेटिभ आएको र एक जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कलम चन्दले बताए । उनका अुनसार बाँकी एकजनाको स्वाब परीक्षण प्रक्रियामा छ ।
सम्भत उनको रिपोर्ट पनि आजसम्म आउने छ । प्रदेश सरकारले बेलझुण्डीमा कोराना विशेष अस्पताल सञ्चालमा ल्याएको छ । अस्पतालमा स्वाब रिपोट आएकाबाहेक अरु ५ जना पनि उपचारत भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आइतबारपनि संक्रमणको आशंकमा केही विरामी अस्पतालमा भर्ना भएका छन् ।
