Goraksha

National Daily

स्वास्थ्य संस्था खुलै राख : घोराही उपमहानगर

दाङ १७ चैत । घोराही उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरु खुल्ला राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । कोरना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा अति आवश्यक क्षेत्रमा पर्ने स्वास्थ्य संस्थाहरु बन्द देखिएकोले यसतर्फ सवेदनशिल बन्न उपमहानगरले अनुरोध गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विज्ञप्तीजारी गरेरे नगर क्षेत्रका क्लिनिक,फार्मेसी र मेडिकल खुल्ला राख्न र भिडभाड नहुने गरेर नागरिको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।