गोरक्ष समाचारदाता
दाङ, ६ चैत । थारू पत्रकार संघ दाङको अध्यक्ष पुनः नवीन चौधरी चयन भएका छन् । शनिवार भएको संघको पाँचौँ जिल्ला अधिवेशनबाट चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सवसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा नीता चौधरी र इन्द्रबहादुर चौधरी, सचिवमा सरीता चौधरी, सहसचिवमा एलिजा चौधरी र कोषाध्यक्षमा नगेन्द्र चौधरी चयन भएका छन् । यसैगरेर सदस्यमा डिला चौधरी, तीर्थराज चौधरी, शुक्रराज चौधरी, सिर्जना चौधरी, बुद्धिविवस चौधरी, सरीता सरु, आरएम चौधरी, विष्णुकुसुम चौधरी र शालिकराम चौधरी चयन गरेका छन् ।
संघका अध्यक्ष नवीन चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले आप्mनो भाषा, कला र संस्कृतिको संरक्षणमा थारू पत्रकाहरूले विशेष कलम चलाउन सुझाव दिएका थिए । नगर प्रमुख चौधरीले थारूहरूको इतिहासलाई बाचइराख्न घोराही उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार पारेको र नयाँ शैक्षिकसत्रबाट पठनपाठनमा ल्याउने तयारी गरेको समेत बताए ।
कार्यक्रममा थारू पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, थारू बुद्धिजीवी विकास चौधरी, थारू पत्रकार संघका सल्लाहकार लक्षीमान चौधरी, रामशरण चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस सेण्टर दाङका इञ्चार्ज प्रकाश चौधरी, थारू कलाकार संघका अध्यक्ष शालिकराम चौधरीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका, थारू कल्याणकारिणी सभा, संघका अध्यक्ष सन्तोष दहित, दीप्तशिखा चौधरी, नगेन्द्र चौधरी, डिला चौधरी, विष्णु कुसुमलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण निता चौधरीले गरेकी थिइन् ।