गढवा ५ मा दुई लाखको कोष
शिवराज खनाल
लमही चैत्र १६ । गढवा गाउपालिका वडा नम्बर ५ ले नोबेल कोरोना संक्रमणको जोखिम न्यूनीकरण र वडाबासी अति बिपन्न परिवारको राहतका लागि २ लाखको राहत कोष स्थापना गरेको छ ।
आइतबार गढ्वा गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको वडाध्यक्ष भण्डारी ले जानकारी दिएका छन् ।
नोबेल कोरोना भाइरस रोकथामका लागि राज्यद्वारा चैत्र ११ गते देखि देश भर लगडाउन गर्ने निर्णय गरेको र अझै यो केही समय लम्बिनसक्ने देखिएकाले वडा नम्बर ५ ले वडाका बिपन्न परिवार तथा दैनिक मजुरी गरि जिबिका चलाउने परिवारका लागि खाद्यान्न एबम अन्य दैनिक उपभोग्य सामाग्रीहरुको अभाब हुन नदिन उक्त कोषको स्थापना गरिएको वडाध्यक्ष भण्डारीले बताए ।
वडाद्वारा स्थापना गरिएको राहत कोषमा वडाध्यक्ष पुजिगत कोषबाट रु ८० हजार , वडा अध्यक्ष प्रकाश भण्डारीको ब्यक्तिगत तर्फबाट रु ५० हजार, वडा नम्बर ५ का सम्पूर्ण वडा सदस्यका तर्फबाट जनही १५ ( १५ हजारका दरले जम्मा रकम ६० हजार , र वडा सचिब तथा पसु सेवा प्राबिधिकको तर्फबाट रु १० हजार गरि २ लाख बराबरको राहत कोषमा जम्मा गरिने भएको हो ।
बैठकले गढवा गाउपालिका वडा नम्बर ५ क्षेत्रभित्र उक्त रकम सहजरुपमा वितरण गर्ने , प्रयोजनका लागि अति विपन्न घरपरिवार पहिचान र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलनका लागि टोल विकास संस्था , महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाई परिचालन गर्ने निर्णय गरिएको समेत गरेको छ ।
