Goraksha

National Daily

लकडाउन २५ गतेसम्म

काठमाडौं, १६ चैत । चैत्र ११ गतेदेखि सुरु भएको लगडाउन २५ गते मध्यरातिसम्म लम्व्याउने निर्णय आज आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको छ । कोरोनाको संक्रमणवाट देशलाई जोगाउन भन्दै १८ गतेसम्मका लागि लगाइएको लगडाउन संक्रमणको जोखिम कायमै रहेको भन्दै लम्ब्याइएको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । ती मध्य एकजना निको भएर घर फर्किसकेका छन् ।