अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह
दाङ,१६ चैत । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को संभावित जोखिम नियन्त्रण गर्न घोराही उपमहानगरपालिका ५ ले वडाबासीलाई अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
वडा कार्यालयमा आज आइतबार बसेको वडा स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा बैठकले यस्तो आग्रह गरेको हो । बैठकले वडावासीहरूलाई लकडाउनको समयमा घरमा बस्न आग्रह गरेको छ, तेस्तै टोल विकास संस्था मार्फत भारत लगायत विभिन्न देशबाट घर फर्किएकाहरूलाई घर-परिवारको सम्पर्क देखि टाढा बस्न अनुरोध गर्दै तेस्ता ब्यक्तिहरुको बारेमा लगत संकलन गर्ने निर्णय गरेको छ ।
उक्त कार्यमा सहयोग गर्न सम्पूर्ण सबै टोल विकास संस्थाहरूलाई अनुरोेध गरेको समितीका संयोजक तथा वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन । तेसै गरि बैठकले वडामा कोरोना भाइरस सम्बन्धि सचेतनाका लागि माइकिङ गर्न समेत सुरु गरेको छ । बैठकमा वडा सदस्य,अस्थायी प्रहरी चौकी धारापानी र सर्रा प्रमुखको सहभागीता रहेको थियो ।
