देविकोट मन्दिरमा चैते दशैको पुजामा रोक
लमही १६ चैत । राप्ती गाउँपालिकाको धार्मिकस्थल देविकोट मन्दिरमा चैते दशैमा गरिने पुजामा रोक लगाइएको छ । कोरानाको संक्रमणलाई रोक्नको लागि चैते दशैको अवसरमा देविकोटमा भद्राक्षि मन्दिरमा गरिदै आएको पुजा यस पटकलाई रोक लगाएको वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताए ।
स्वस्थानी कथामा सतिदेवीको बाँया गोडा पतन भएको उल्लेख छ । सोही स्थानमा बाँया गोडा पतन भएको किंवदन्ती रहेको छ । यो मन्दिरमा बडा दशै तथा चैते दशैको अवसरमा पुजा तथा बलिदिने प्रचलन छ । यस वर्षको चैते दशैको समयमा सबैखाले पुजा आजा तथा बलि कार्यमा रोक देविकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले बताए । यो वर्षको चैत्र दशै चैत १९ गते परेको छ ।
चैते दशैमा गरिने सम्पुर्ण धार्मिक कार्य स्थगित गर्दै भक्तजनलाई समेत मन्दिर प्रवेशमा रोक लगाएको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका उपसंयोजक चन्द्र जिसीले बताए ।
