तुलसीपुरमा ‘डिजिटल’ मिटिङ : विपन्न वर्गका लागि ‘फुड बैंक’ स्थापना गरिने
तुलसीपुर १६ चैत
तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ‘डिजिटल मिटिङ’ सम्पन्न भएको छ । कोराना संक्रमणको प्रकोपलाई नियन्त्रण र व्यवस्थापनका लागि अत्यावश्यक भएकाले डिजिटल रुपमा वैठक वसेको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
“सबै कार्यपालिका सदस्य एकै ठाउँमा वसेर मिटिङ्ग वस्न अहिलेको अवस्थामा उचित नभएकाले डिजिलट रुपमा वैठक बसेको हो’ नगर प्रमुख पाण्डेले भने ‘ प्रविधिको प्रयोग गरेर उपमहानगरको यस्तो खालको वैठक पहिलो हो ।’
बैठकमा कार्यपालिका सदस्यहरुलाई फेसवुक गु्रपमा जोडेर घरबाटै सबैले विचार राखेका थिए । कार्यपालिका सदस्यहरुले वडामा भैराखेको कामको बारेमो रिपोटिङ गरेका थिए । वैठकले कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुको खोजि गरेर क्वारेन्टाइनमा राख्ने र लकडाउनका कारण प्रभावित परेका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । खाद्यान्न वितरणलाई व्यवस्थित वनाउनका लागि तुलसीपुर फुड बैक स्थापना गर्ने समेत वैठकले निर्णय गरेको छ
