प्रदेशका ७ जिल्लाका किसानलाई कागती खेती तालिम

शिव राज खनाल
देउखुरी, २९ फागुन । अर्घाखाँचीका ६३ बर्षीय चिन्ताबहादुर खत्री पेसाले शिक्षक हुन । हाल उनको माला रानी गाउँपालिका– २ पटौटीमा आठ रोपनी क्षेत्रफलको जग्गामा कागती खेती गरिरहेका छन । खत्री कागती उत्पादन गरेर मनग्ये आम्दानी गर्ने सोचमा छन ।

उनी हाल तालिमका लागि देउखुरी अबस्थित गोबर्डियामा आएका छन । कागत खेती तालिम गर्दा उनी आफुले गरिरहेको कागती खेती र तालिम पश्चात् आकास पातलको फरक पर्‍को बताउछन । दाङको गढवा गाउपालिका ३ मा व्यवसायिक कागती खेती तालिम संचालनमा छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा कृषि ब्यबसाय प्रबर्द्धन तालिम खजुरा बाकेको आयोजनामा र डिएनकेसिट्रस फर्मको समन्वयमा संचालन भएको हो ।

कृषकलाई कागती खेतीबाट जीवनस्तर उठाउदै स्वरोजगार बनाउने उद्देश्यका साथ कागती खेती सम्बन्धि तालिमको आयोजना गरिएको कृषि ब्यबसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाकेका अधिकृत खडक बहादुर बस्नेतले बताए । तालिममा सहभागी गुल्मीका रुपलाल श्रेष्ठ बिगत २ बर्ष खाडी मिलुक मलेसियामा बिताए । आफ्नै देशमा फर्किएर । उनी हाल पुस्पान्जलि एग्रो फम दर्ता गरि २ हेक्टर क्षेत्रफलमा कागती खेती गरिरहेका छन ।

श्रेष्ठले पहिले परम्परागत रुपमा खेती गर्दै आएका थिए । तालिम लिएपछि आधुनिक तरिकाबाट कागती खेती गर्दा मनग्ये आम्दानी गर्न सकिदो रहेछ भन्ने थाहा पाएको बताउछन । हाल उनी पनि तालिममा सहभागी हुन पाउँदा निकै हर्षित छन । तालिममा ७ जिल्ला गुल्मी , पाल्पा ,अर्घाखाँची ,दाङ , बाके ,प्युठान र बर्दियाका २६ जना कृषिकले तालिम लिइरहेको सरस्वती माबीका प्राबिधिक धार संयोजक कृषि बिज्ञ तेजप्रसाद शर्माले बताए ।