तुलसीपुर, २९ फागुन । तुलसीपुर उपमहानगरपालिका—१९ स्थीत खानेपानी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले एक पछि अर्कोगरी राजिनामा दिन थालेका छन् ।
अध्यक्ष मनोमानी ढंगले चलेकोप्रति असन्तुष्टि जनाउंदा पनि आफुहरुको गुनासो कुनै सुनुवाइ हुन नसकेपछि कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुले राजिनामा दिने लहर चलेको छ ।
आइतवार राजिनामा दिनेहरुमा कार्यसमितिका कोषाध्यक्ष विनोद चौधरी, कार्यसमिति सदस्य वीरवल डांगी र अर्का सदस्य कृष्ण शर्माले राजिनामा दिएका हुन ।
उनीहरु मध्ये कसैले घरायसि व्यस्तताका कारण राजिनामा दिएको बताएका छन् भने कसैले कार्यसमितिको नेतृत्वले सवै सदस्यहरुको भावनालाइ सम्वोधन गर्न नसकी मनोमानी रुपमा काम गर्न थालेको भन्दै राजिनामा दिएको बताएका छन् । यस अघि पनि कार्यसमितिका उपाध्यक्ष चन्द्रा वली र दुइजना सदस्यले राजिनामा दिएका थिए ।