मधुसूदन सुवेदी
यतिबेला हाम्रो देश नेपालमा गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्ष, संघीयता, समाजवादजस्ता मीठा, चिल्ला, ठूला, महत्वपूर्ण र वर्णन गर्न नसकिने अलौकीक राजनीतिक व्यवस्था र अवस्था आइसकेपछिको दोस्रो स्थानीय तहको निर्वाचन हुँदै र त्यो स्थानीय तहको निर्वाचन गर्ने मिति आगामी २०७९ साल बैशाख ३० गते शुक्रवारको दिन एकै चरणमा सम्पन्न गर्ने भएिको छ ।
यसरी नेपालको सरकारी पक्ष र निर्वाचन आयोगको मुख्य कार्यालयको पक्षमा विशेष सहमति, सहजता र सरलताको आधारमा निर्वाचन सम्पन्न गर्न भनेर समय सीमा तोकिरहेको बेला नेपालका खानदानी पार्टी, ठूला पार्टी, हुनेखाने पार्टी, हात्ती पार्टी, गाई पार्टी, भैँसी पार्टी, वन्यजन्तु पार्टी, ओखतीमुलो पार्टी, झारपात पार्टी, अधर्मी पार्टी, विधर्मी पार्टी, आकाशे पार्टी, वर्षा पार्टी, पाताल पार्टीलगायत सिङ्गो नेपालको प्रकृति पार्टीले यो चुनाव मैले नै जित्ने भनेर दवाइ फुकी–फुकी ढ्वाङ्ग्रामा नलाग्ने अवस्थाको बन्दै छ ।
नेपालका राजनीतिक स्वयम् लोकतान्त्रिक अइरे–गैरे सबै पार्टीलाई थाहै होला र अवगत पनि होला कि चुनाव जित्ने जनताको मतले हो । जनताको मत जनताको पोल्टामा घर, जनताको मनमस्तिष्कमा छ । जनतामा पूर्ण निहित मतलाई नजरअन्दाज गरेर देशका यतिका विघ्न पार्टीले किन, कसरी, केका लागि यो चुनाव आफैले जित्ने सपना देख्दै छन् ? यसको रहस्य के हुनसक्छ ? यदि हाम्रा नेता तथा पार्टी पूर्ण लोकतन्त्रको पक्षमा हुन्थे भने त उनीहरुले नै भन्न सक्ने मने – हामी जनताका अगाडि पूर्ण रुपमा परीक्षण भइसकेका र हाम्रो दम, खुबी, साहस, हिम्मत, जोस, जाँगर, अभिलाषा यावत खाई, पचाइ भुक्तभोगी जनता हुनुहुन्छ ।
हामी बोटमा जनता सामू भन्नुपर्ने र देखाउनुपर्ने कुनै पनि नयाँ कुरा बाँकी छैन, हामी सबै नयाँ बोत्तलमा खसेको पुरानै डुङडुङ्ती गनाउने लस्सी हौँ । हाम्रो बारेमा के नै भन्नु छ र ? जनताले हामी सबैलाई चिन्नुभएको पनि छ । हामी सबै कलीले कहिले मिलेर भाले खान्छौँ, कहिले खोसेर भाले खायाँै । कहिले त चोरे भाले खायाँै तर भाले नभएर भागै बसेनौँ । यो भाले खाने काले पार्टीलाई आम जनताले माया, ममता, सद्भाव र सत्विचार राखेमा चुनाव जिन्त सकिन्छ । होइन भने हामी हाम्रै लागि के गर्न सक्छौा र ? भन्नु पर्ने थियो ।
यदि हाम्रा नेता अत्यन्त चरित्रवान, अत्यन्त बुद्धिमान, अत्यन्त विवेकवान र लोकतन्त्रको मर्म र भावनाअनुसार चल्ने हुन्थे भने जनताको अगाडि जनताकै खिल्ली उडाउने थिएनन्े र जनतालाई भेडाबाख्रा सरी किनबेचको दृष्टिकोणले हेर्ने थिएनन् । २०६२–०६३ पछि नै एकजना राजनीतिक विद्वान्ले के भनेका थिए भने आजसम्म नेपालको चुनावमा जनताले हालेको मत जस्ताको त्यस्तै गनिएको छैन । भनिएको छैन र त्यो अनुसारको हार–जित भएको छैन । यो कुरा आज म स्वयम्ले बडो अनौठो ध्रुवसत्य र अलौकीक वाणी भन्दै छु । यदि यसो नहुँदो हो त आज दलले आफ्नो जित सुनिश्तिन देख्ने नै थिएनन् । किनभने नेपालको चुनाव रणनीतिमा भर पर्दोरहेछ । हरेक दलले आफूले जित्ने रणनीति तय त अवश्य पनि गरेकै होलान् ।
एक दल वा पार्टीले उत्पन्न गरेको वा सिर्जना गरेको राजनीति अरुलाई भन्ने पनि भएन र अरुको थाहा पाउने पनि भएन । यसरी एक्लै–एक्लै गरिने रणनीति सबैलाई अब्बल लाग्नसक्छ । त्यसैले आफ्नो अब्बल रण्नीतिका आधारमा आफूलाई पक्का ठानेर चुनाव जित्ने सपना व्यक्त गरेको अवस्था नै ठिक हो । जनताले दिएको मतलाई च्यातेर, चपाएर, निलेर, थुकेर, बाकस नै गायव गरेर गर्न मिल्ने जति सबै हर्कत गरेर चुनावलाई विवादित, अमर्यादित र धाँधली सहितको पुष्टि गर्ने र एकलेअर्काको जित नस्वीकार्ने चलन चल्ने चलाउने अभ्यास, कोसिस, प्रयास, प्रयत्न त जारी नै छ ।
यस्तो अवस्थामा देखेको सपना कति प्रिय र कति अप्रिय होला ? नेपालको चुनावमा जनमत अर्थात् जनताले हालेको भोट सिलिण्डरभित्र ग्याँस छ पनि छैन पनि । सिलिण्डरमा ग्यास भए आगो बल्छ र भात पाक्छ । सिलिण्डरभित्र ग्यास सकिए आगो पनि बल्दैन र भात पनि पाक्दैन । तर यो ग्यास कसले, कहाँ, कसरी, किन, कुनबेला कति भर्छ ? त्यो थाहा पनि छै र त्यो सिलिण्डरभित्र ग्यास कम तहा छ ? त्यो पनि बाहिर देखिँदैन र सकिँदै गर्दा कुन तहमा पुग्छ ? सकिन्छ र आगो निभ्स त्यो पनि थाहा छैन । ठिक यही प्रकृति र यही प्रवृत्तिको जनताको भोट पाउनेले पायो । गन्नेले गन्यो र भन्नेले भन्यो भन्ने के थाहा ? के प्रमाण ?
सबै कुराको पुष्टि नेताका कुरा र वाणीले पुष्टि र प्रमाणित गरेका हुन् । यो कुनै जनताको भ्रम, शंका र आक्रोश होयन । जुन कुनै दल वा पार्टीले चुनाव आउनुभन्दा दुई महिना अघि नै आफ्नो चुनावी स्थितिको हिसाबकिताब गर्छ र आफूले नै जित्ने सपना देख्छ भने त्यो जनताको मन मुटु छामेको हो । यो त नितान्त नक्कली चुनावको सक्कली परिणाम मात्र हो । जनताबाट एकबाट, दुईबाट, तीनबाट सहितबाट परीक्षण भइसकेका दल र नेतालाई के लाग्दैछ ? जनताले हामीलाई नै रुवाउँछन् ? किन भन्न सक्नु प¥यो– हामीले आम जनतालाई किनिसकेका छौँ र राजनीति भइसकेका छन् भनेर ।
अन्यथा आधार के ? प्रमाण के ? रहस्य के ? सत्य के ? तथ्य के ? नेपालको चुनाव यही ढङ्गले २–४ पटक सम्पन्न भयो भभने यो व्यवस्थामाथि नै ठूलो खतरा छ । त्यसकारण होसियार दल तथा नेताहरु ! यदि आफूले ल्याएको व्यवस्थामाथि आफूलाई नै गर्व गर्न लागेको छ भने यसका सीमाभित्र रहेर काम गर्ने बानी बसालौँ । चुनाव जित्ने व्यालेटले हो । बुलेटले कदापि होइन । ब्यालेटलाई स्वीकार्ने हरेक दल, पार्टी तथा मेवाले आफूलाई धैर्य र स्वयम्मा राखेर बोल्ने बोल्ने बानीको विकास गरौा ।
जनताको वर्तमान व्यवस्था नै अन्त्य हुने प्रायः निश्चित छ । त्यसैले आज जनताका पोल्टामा बसेको निर्णयलाई आफ्नै ठानेर जनताको सम्मान हुने गरी दिउँसै जनमतलाई चपाएर चुनाव जितेको कुरा नगरौँ । भविष्यले सराप्ला ।