राहत कोषमा चेम्बर्सको सहयोग
शिवराज खनाल
लमही, चैत्र १६ । लमही चेम्बर अफ कमर्सले आइतबार कोरोना भाइरस बिपत ब्यबस्थापनका लागि लमही नगरपालिकामा स्थापना भएको राहत कोषलाई एक लाख एक हजार एक सय एक रुपैया हस्तान्तरण गरेको छ ।
गत शुक्रबार लमही नगरपालिकाले ५० लाखको राहत कोष स्थापना गर्न गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका मेयर कुलबहादुर केसिले रास्ट्र नै संकटमा परेको बेला भर्खरै स्थापित भएको संस्था लमही चेम्बर अफ कमर्सले सहयोग गर्नु निकै सह्रानीय कार्य भएको र उक्त रकम सबैको सल्लाहबाट नै खर्च गरिने बताए ।
गत शुक्रवार नगरपालिका प्रमुख केसीको अध्यक्षतामा बैठक बसि कोरोना बिपत व्यवस्थापन राहत कोष निर्माण गरियको थियोे ।
नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले ३५ हजार, उपप्रमुख देवका बेल्वासेले ३० हजार, र नौ वटै वडाध्यक्षले जनही २५ ( २५ हजारका दरले उक्त कोषमा रकम जम्मा गर्ने छन् ।
उक्त राहत कोषको खाता नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णय समेत गरियको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।
साथै लमही चेम्बर अफ कमर्स का अध्यक्ष अजय न्यौपानेले यस बिपतको बेला सबै नागरिक एक जुट भएर लागि पर्न सबैमा आग्रह गरे ।
