calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

छोराछोरीप्रति आमाको माया भएपछि

युवराज शर्मा

आफ्ना छोराछोरी योग्य बनून भन्ने हरेक बाबुआमाको इच्छा हुन्छ । त्यस्तै समाजमा चरित्रवान् बनोस् भनाई सोच्छन् । आज्ञाकारी बनेर बृद्धावस्थामा राम्रो सेवा गरोस् भनाई मनमा कल्पन्छन् । यिनीहरुले मर्यादा पालन गरुन् र आफू पनि धेरै मर्यादित होऊन् भन्ने आशा र विवास आमाबाबुमा हुन्छ । जब बाबुको मृत्यु हुन्छ तब आमाले छोरालाई टेक्ने लौरोको रुपमा हेर्छिन् भने छोरीलाई सहाराको रुपमा हेर्छिन् । उनको हेराई दुवैका लागि बराबर ममता हुन्छ । तर वर्तमान समयमा परिस्थिति विपरित बन्दै गएको आमाले अनुभूति गर्छिन् । यसको खास कारण स्कूलय शिक्षामा खस्कँदै गउको ज्ञान हो । स्कूले केटाकेटीहरुमा शान्त स्वभाव, मिहिनेत गर्ने बानी, स्वार्थीपन र साथीसंगीको संगतले गर्दा बिग्रेको बानी सुधार्न कनिठनाई छ । बाबुको मृत्यु पश्चात छोरामा देखिने खराब प्रवृत्ति र उसले बसालेको लतका कारण आमाले दुःख व्यहोर्नु परेको अवस्था घरघरमा छ । तापनि आफ्ना छोराछोरीप्रति आमाको माया भएपछि छोराछोरीले ज्ञान बढाउन सक्दैनन् । अन्त्यमा मति हराएको छोरो बन्छ, धीरता पालन गर्न नसक्ने छोरी बन्छिन् । छोरो कूलतमा फस्छ र छोरीले धीरता अपनाउन नसकेर अस्मिता गुमाएको पाइन्छ । यस्ता कूलतबाट आमा विह्व हुन्छिन् । छोराछोरीमा उच्छृंखलपन बढ्छ । अन्त्यमा समाजमा अपमानित बन्छन् । आफ्नो जीवनको मूल्य र मान्यता सएिको ज्ञान गर्न सक्दैनन् । आमा भन्छिन् – छोराछोरीका कारणले गर्दा आफ्नो इज्जत गुमेको छ महशुस गर्छिन् । तर छोराछोरीप्रति माया गर्छिन् ।

बाबुको मृत्युपछि अधिकांश छोरो बुबाको अभावमा निरस बन्छ । त्यसैले मनोविज्ञान विश्लेषकहरु भन्छन्– आमाको माया र बुबाको रेखदेख नभएमा केटाकेटीहरु बिग्रन समय लाग्दैन । चाँडै बिग्रन्छन् । एउटा अवस्थाको चित्रण गर्नु सान्दर्भिक होला । एउटा घरमा बाबुको मृत्यु भयो । उसको पत्नी विह्ल भइन् । उनका छोरा १२ वर्षको थियो भने छोरी १४ वर्षकी थिइन् । उनले एक्लै छोराछोरीको पालनपोषण गर्थिन् । उनको आर्थिक स्रोत खेतीपाती थियो । आफू खेतबारीमा काम गर्न जाँदा घरमा छोराछोरी झगडा गर्थे । आपसमा मेलमिलाप गर्न सक्दैनथे । सानो कुरामा मारपिट हुन्थ्यो । आमालाई छोराछोरीको बानी व्यवहारले गर्दा दिक्क थिइन् । स्कूलमा पढ्ने यी छोराछोरीका लागि स्कूल छुट्टीका दिनहरु कष्टकर बन्थे । छोराले कक्षा ७ मा बढ्दथ्यो भने छोरीले ९ कक्षामा पढ्दथिन् । छोरीमा हुनु पर्ने धीरता, सहनशीलता र ममताको भावना थिएन । छोराको खराब साथीको संगतका कारण रक्सी पिउने र घरमा आएपछि दिदीआमासँग झगडा गर्ने आदत बसेको थियो । 

गाउँघरमा भन्थे – पण्डित बाजेका छोराछोरीहरु असल बन्नुपर्ने हो । तर खराब संगतले गर्दा खराब स्वभाव देखाउने भए । बाबुको मृत्युपछि आमालाई छोराले टेर्दैन र छोरीले आमाको भनाई सुन्दैनन् भन्थे हो च । पढाईमा कमजोर भएको हुँदा उनीहरु यस वर्षको परीक्षामा असफल भए । पढाईमा असफल भएपछि आदत बिग्रँदै गएको हुँदा उनीहरुमा ज्ञान हराएको अवस्था थियो ।

छोराछोरी खराब आदतका भएपछि बाबुको मृत्युपश्चात आमालाई ठूलो बोझ बढ्छ । छोराले रक्सी पिउने पैसा माग्छ, छोरीले शृंगारका सामान खरिद गर्न पैसा माग्छे । शृंगारपटार गरेर नाँचघरतर्फ लाग्छे । खेतीपातीमा निर्भर भएका परिवारले छोराछोरीलार्य कसरी रकम पु¥याउने ? आमालाई मानसिक र शारीरिक चिन्ता बढ्छ । यस्तो अवस्थामा आम निसहास हुन्छिन् । जब छोराछोरीले ढाँट्न थाल्छन् तब भन्छिन् – मसँग केही रकम छैन । कसरी तिमीहरुलाई पैसा दिउँ । रक्सी बेच्ने भट्टीवालीले छोरालाई भन्छे – रक्सीको उधारो पैसा तिर्न सक्दैनस् भने आमाको मुटु काटेर ल्या । त्यो मुटु हेरेपछि तँलाई माफ दिन्छु । भट्टीवालीका यसता आपराधिक मागलाई छोराले पूरा गर्ने मनसाय गर्छ । 

घरमा पुगेर आमालाई मार्छ । आमाको मुटु काटेर भट्टीवालीको भट्टीपसलमा पुग्छ । मुटुको रगत देखेर रक्सी पिइरहेका मान्छेहरुले भन्थे – कस्तो मूर्ख केटो रहेछ । आफ्नी आमाभन्दा प्यारो भट्टीलालीको ऋण ठूलो मान्दोरहेछ । उसकै छेउमा बसेको अर्को रक्सी पिएकोले भन्थ्यो – यो केटा मूर्ख होइन यसलाई मूर्ख भन्नेहरु रक्सी पिएका हुन् । रक्सी खाएपछि मान्छे अन्धो बन्छ । उसले जस्तोसुकै अपराध पनि गर्छ । उसलाई डर हुन्न । कानुन बुझ्न सक्दैन । त्यस्तालाई अन्धा नाचे तीन फन्को भन्छन् । त्यो केटाको व्यवहारले देखायो ।

आमाको मुटु लिएर रक्सी भट्टी पुगेको केटालाई भट्टीवालीले तेरो आमाको मुटु लिएर घर जा । यहाँ नबस् । तेरो उधारो रकम तँलाई मिनाहा गर्दैन । आमाप्रति तत् कति निष्ठुर भएछस् । यस्तो जँड्याहालाई यहाँ बस्न दिन्न भनिन् । आफ्नो हातले गलहत्ते गरिन् । ढोकाबाट बाहिरियो । त्यो केटा रुँदै घर गयो । बाबुको मृत्यु र आमाको हत्याको पीडाबोध त्यसलाई भएन । रक्सी पिउनेहरु कति आपराधिक कार्य गर्छन् ? त्यसको अनुसन्धान नेपालमा हुँदैन । त्यस्ताले महत्व पाउँछन् । उनीहरुलाई आदरभाव गरिन्छ र सम्मान पनि हुन्छ ।

अन्त्यमा तयस केटालाई भट्टीवालीले भट्टी पसरबाट गलहत्ते गरेर निकालिन र भनिन् – हे सैनान ! आमालाई मारेर मुटु ल्याउने साहस गर्न पछि नपर्नेले जसलाई पनि मार्छस् । एक्कासी आवाज आयो, हे छोरा ! तिमीलाई सुखी भएको देख्न चाहन्छु । आफैले मारेर मुटु भट्टी पसलमा पु¥याएको सम्झ्यो । आमाको आवाजलाई सम्झेन । मनोवैज्ञानिक विश्लेषकका अनुसार आपराधिक व्यक्तिहरुमा आस्था र ममता हुन्न । त्यस केटालाई ठानामा प्रहरीले पु¥याए । आमाको हत्या गरेको आरोप लाग्यो । त्यस अपराधीलाई राजाले फाँसीको सजाय सुनाए । आफ्नो मृत्यु हुने ज्ञान त्यसलाई भएन ।

प्रहरीहरुले उसलाई फाँसी चढाउनुभन्दा अगाडि उसको इच्छा के छ ? सोध र राजाको दरबारमा राजालाई विन्ति चढाएका थिए । नागरिकका सामू मैले गरेको करतुतहरु सुनाउने इच्छा गरेको थियो । राजाले प्रहरीलाई आदेश दिए । केटाको माग अनुसार सबैले गर्नु । नागरिकलाई भेला गराइयो । केटाले सुनाउँदै भन्यो – रक्सी पिएर आमालाई मारेर मुटु भट्टीवालीको भनाई अनुसार भट्टीमा लगेको र धेरै अपराध गरेको थिएँ । यो सबै काम गर्न रक्सीको नसाले सिकायो । आमा जस्तो प्यारो पत्नी हुँदैन भन्ने ज्ञान भयो । अपराधीले समाजलाई दूषित पार्छ । मैले समाजलाई दूषित पारेको छु । मजस्तो जड्याहा र दूषित कर्म गर्नेलाई राजाले दिएको सजाय उत्तम छ । फाँसी चढ्न तयार भयो । म जस्तो जँड्याहाहरुले आफ्नो चरित्रको सुधार गरुन् । मेरो मृत्यु अगाडि रक्सी पिउनेहरुलाई यही सल्लाह दिन्छु कि जीवन महत्वपूर्ण छ । ज्ञान बढाएर सुधार गर्नुपर्छ । रक्सी पिएर अपराधी बनेको केटोले ज्ञान बढाएर जीवन सुधार्न सल्लाह दिए र फँसीमा चढे । जीवन लीला समाप्त गरेका थिए । 

बाबुले छोराछोरीको गलती सम्भव भएसमम आफै र सम्भव नदेखिएपछि स्कूलका शिक्षकहरुमार्फत् सुधार्छ । तर रक्सी खाएर मत्ताउने छोराका लागि पश्चाताप वाहेक अरु केही गर्न सक्दैन । यदि बाबुले पनि रक्सी पिउने बानी रहेछ भने छोराछोरीको व्यवहारमा सुधार गर्दैन । त्यसताको छोराछोरीमा प्रतिभा रहेछ भने उनीहरले आफूलाई आफै सुधार्छन् । साथीसंगतीको पहिचान गर्छन् । तर आमामा ममतापूर्ण व्यवहार गर्ने कला र गला हुनुपर्छ । त्यसको अभावमा उनीहरु प्रताडित हुन्छन् । बदमासको सैंगतले गर्दा आपराधिक प्रवृत्तिको विकास गर्छन् । बालबालिकाको बानी व्यवहारमा शिष्टता, नम्रता र धीरता कायम गराउने काम आमाको हो न कि बाबुको । त्यसकारण आमा दयालु बन्नु पर्छ । बाबुले छोराछोरीलाई निर्देशन गर्नु पर्छ ।

आपराधिक सतसंगत र गतिविधिमा संलग्न भएको भएमा छुटाउन पर्छ । उसलाई रुचीको खेलसामग्री जुटाइदिने र पढ्ेने सूचीकार पुस्तकहरुको व्यवस्था गरिदिनु पर्छ । छोराछोरीको सुधार गर्न उनीहरुमा असल ज्ञानको विकास गराउनु पर्छ । गालीगलौज र डाँटफट्कारले केटाकेटीहरुमा भावनात्मक सुधार गर्न सकिन्न । माया, सहानुभूति र ज्ञानको विकास गराएर सुधारात्मक सन्देश दिँदै समझाउनु–बुझाउनु पर्छ ।