घोराही, २६ फागुन । दाङ जिल्ला ईसाई समुदायको दोस्रो साधारण सभा तथा अधिवेशन विहीवार घोराहीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष सन्तबहादुर घर्तिको अध्यक्षता तथा समुदायका संस्थापक अध्यक्ष वरिष्ठ पाष्टर नरबहादुर शाहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
अधिवेशनमा समुदायका निवर्तमान अध्यक्ष जिवन गुरुङ, रेबरेन पास्टर शालिकराम शाहु तथा समुदायका पालिकास्थरका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । समुदायका उपाध्यक्ष मनोज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टोपबहादुर महतराले गरेका थिए ।
समुदायको अध्यक्षमा पुनः सन्तबहादुर घर्तिलाई चयन भएका छन् । अभिवेशनले उपाध्यक्षमा उदय स्वर्णकार, महिला उपाध्यक्षमा सिता शाह, सचिवमा सुभाष नेपालीलाई चयन गरेका छ ।
सहसचिवमा दिलिप ताम्रकार, कोषाध्यक्षमा जयप्रकाश घर्ति र सन्देस शाह चयन भएका छन् । सदस्य समाजको अर्को बैठकले गर्ने भएको छ ।