लकडाउनको पालना : गाँउमा अझै समस्या
बालाराम खड्का
तुलसीपुर, १६ चैत । कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गरि आफु र अरूलाई बच्न बचाउन सरकारले लकडाउन गरेको पहिले दिन त केहि असजिलो भएको थियो । तर दोस्रो दिनवाट भने लकडाउनको लकडाउन पालनामा सुधार देखिदै गएको छ ।
सहर वजार भने ठप्पै भएपनि गाउँ घरमा भने लकडाउनमा पनि चहलपहल रोकिएको छैन । एक घरको अर्को घरमा जाने र दैनिक काम काज भने सुरूनै छ । गाई, भौसीलाई घाँसपात, बाली ढल्याउनेदेखि विभिन्न कामहरू भई रहेकाछन् । ‘लकडाउन भनेर के गर्ने ? गाई भैसीले मान्दैनन्’ स्थानीयहरू भन्छन् ।
त्यस्तै खेतवारीमा तोरी गहँ, मसुरो पाकेका कारण पनि लक डाउनमा घर भित्र बस्न भन्दा पनि कामको चटारो भएको किसानहरू बताउछन् । ‘तोरी खेतमा पाकेको छ, लक डाउन भनेर घर वसम भने खेती ढल्याउनै पर्यो’ स्थानीय करण केसीले भने । बजारमा चहलपहल नभएनि गाउँमा भने चहलपहल कायमै छ ।
त्यस्तै स्थानीय वडा र प्रहरीले भने गाउँमा माईकिङ, सचेतना मुलक सन्देशहरूका साथै सचेत रहन सूचना प्रवाह गरी रहेकोछ । सकेसम्म घरवाहिर ननिक्लने, अत्यावश्यक काममा वाहिर निक्लनु परेनि माक्स प्रयोग गर्ने, भिडभाड तथा धेरै व्यक्ति एकठाउँमा नवस्ने भनेपनि गाउँका चौताराहरुमा भने ४,५ जना जम्मा हुने कार्य रोकिन छैन् ।
‘हामीहरूले सवैलाई घरमै बस्न भनेका छौ, गाउँ घरमा अलि समस्या छ’-अस्थायी प्रहरी चौकि गोठिखोलाका प्रमुख विष्णु श्रेष्ठले भने ।
त्यसैगरी वडाहरूले माक्स वितरणका साथै घरघरमा पुगेर सचेतिकरण कार्यक्रम सञ्चालन गरेको वडा नं ९ का वडाध्यक्ष घनस्याम ढकालले बताए । ‘बिहानदेखि साझसम्म हामी जनताकै लागि लागेकाछौ, माक्स बितरणसंगै कोरोना भाइरसको संक्रमणवाट बच्ने उपायवारे सचेतना दिएका छौ’-उनले भने । ढकालले वडा नं ९ मा ४६ वटा टोलमा १३ हजार माक्स बितरण गरिने बताए । ‘वडाका सवै नागरिकलाई माक्स वितरण गर्ने योजना छ, दैनिक बाढिरहेका छौ’-उनले भने ।
