राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप तीन जनाको रिपोर्ट नेगेटिभ
दाङ,१६ चैत । कोरोना भाइरस संक्रमणको आशकामा घोराहीमा रहेको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थप तीन जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
बिरामीमा उच्च ज्वरो र रुघाखोकी भएपछि उनीहरुमा कोरोना भाइरसको आशका करीब एक हप्तादेखि स्वाव परिक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको थियो ।
काठमाडौं पठाइएको रिपोर्ट नेगेटिभ प्राप्त भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिएका छन् । रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई १४ दिन सेल्फ क्वारेन्टाइन बस्ने सल्लाह दिएर डिस्चार्ज गरिएको रजिस्ट्रार देबले बताएका छन् ।
यस अघि चैतको १४ गते प्रतिष्ठानमा उपचाररत दुई जनाको रिपोर्ट समेत नेगेटिभ आएको थियो । यो सङ्गै प्रतिष्ठानको आइसोलेशन वार्डमा रहेका ५ जना बिरामीमा कोरोनाको संक्रमण नदेखिएको हो ।
