नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नेपालमा पाँचौ संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने मानिसमा चिन्ता छ । यो अबस्थालाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले लकडाउनको समयलाई घरभित्र बसेर सरकारको निर्णयलाई सहयोग गर्न जिल्लावासीमा आग्रह गरेका छन् । यो समयमा जिल्लामा जिल्ला समन्वय समितिले कसरी समन्वयकारी भूमिका निर्वाह गरेको छ त ? समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीसँग गोरक्षले गरेको कुराकानीको सारसंक्षेप ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को पाँचौ संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने मानिसमा चिन्ता छ । जिल्लामा समन्वय समितिले कसरी समन्वयकारी भूमिका निर्वाह गरेको छ ?
नेपाल कोरोना भाइरसको उच्च जोखिमा छ । आजसम्म नेपालमा पाँचौ संक्रमित फेला परिसकेको अवस्था छ । त्यसकारण हामी सचेत र सजक बन्न जरुरी छ । यो रोगप्रति हामी गम्भिर बन्न सकेनौ भने भोली पछुताउनु बाहेक अर्को विकल्प हामीसँग छैन । हामीले फागुनको दोस्रो हप्तामा पहिलो पटक सावर्जनिक अपिल गरेर जिल्लावासीलाई सचेत र सजक रहन अपिल गरेका थियौ । त्यसपछिका दिनमा पनि हामी निरन्तर यहाँका स्थानीयतहहरु, स्थानीय प्रशासन र प्रदेशसरकारसँग समन्वय र सहकार्य गर्दै जिल्लावासीलाई सुरक्षित बनाउने अभियानमा छौ ।
पालिकाहरुले संक्रमणबाट जोगिनका लागि गरिरहेका तयारीका बारेमा पालिकाहरुसँग छलफल र समन्वय गरिरहेका छौ । पछिल्नो समयमा स्थानीयतहहरुले विदेशबाट आएका नागरिकको तथ्याङ लिन शुरु गरेका छन् । यो राम्रो पक्ष हो ।
यो रोगबाट बच्न जिल्लामा के के काम भैराखेको छ ?
जिल्लामा अझैसम्म संक्रमित पहिचान भएको छैन । यो नै सवैभन्दा राम्रो पक्ष हो । यदि भोलीका दिनमा कुनै त्यस्तो केश फेला परेमा त्यसको उपचारको लागि बेलभुण्डीमा प्रदेश सरकारले कोरोना उपचार विशेष अस्पताल सञ्चालमा ल्याएको छ । त्यसैगरेर राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य प्रतिष्ठानमा पनि केही आइसोलेसन वार्ड निर्माण भएका छन् । जिल्लाका सवै पालिहरुमा पनि क्वाराइन्टाइनहरु निर्माण भएका छन् । निर्माण भएका अस्पतालमा के के समस्या छन, तिनको पहिचान गर्ने त्यसको लागि आवश्यक ठाउँमा समन्वय गर्ने काम गरिहेका छौ । केही दिन अघि पनि जिल्लाका सवै स्थानीयतहहरुसँग सामुहिक छलफल सम्पन्न भएको थियो । त्यसैगरेर बेलझुण्डीमा निर्माण भएको अस्पतालमा पुगेर त्यहाँ आवश्यक पर्ने सामाग्री व्यवस्थापनमा पनि ध्यान दिन अस्पताल व्यवस्थापन समितिलाई सुझाव दिएका थियौ । पालिकाहरुले संक्रमणबाट जोगिनका लागि गरिरहेका तयारीका बारेमा पालिकाहरुसँग छलफल र समन्वय गरिरहेका छौ । पछिल्नो समयमा स्थानीयतहहरुले विदेशबाट आएका नागरिकको तथ्याङ लिन शुरु गरेका छन् । यो राम्रो पक्ष हो । त्यसैगरेर लामो लकडाउनले मजदुरी गरेर जिविका चलाउनेलाई समस्या पर्ने भएकाले त्यसतर्फ सचेत बन्न र राहतका प्याकेज ल्याउन स्थानीयतहलाई प्रत्यक्ष वा अप्रत्यक्ष आग्रह गर्ने गरेका छौ ।
अन्त्यमा केही भन्नु छ ?
सरकारले लकडाउन गरेको अवस्थामा सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु जिल्लावासीलाई विशेष आग्रह गदुर्छ । यो रोगबाट जोगिन व्यक्तिगत सरसफाईमा बढि ध्यान दिन, आफुपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउने कार्यमा लाग्न सवैमा अपिल गर्दछु ।