घरमा बस्दा कोरोनाका बारेमा कम कुरा गरौं : डा.भुषाल
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को पाँचौ संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने चिन्ता थपिएको छ । चैत ११ गतेदेखि सुरु भएको पहिलोचरणका लकडाउन चैत १८ गते सकिदैछ । सम्भवत लकडाउन थप लम्बाउने तयारीमा सरकार छ । यो अवस्थामा सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ । लकडाउनको कारण लामोसमयसम्म घरभित्र बस्दा पार्ने अवसर र बच्ने उपायका बारेमा कलेजअफ मेडिकल साइन्स चितवनमा कार्यतर डा.अरविन्द भुषालसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानीको सारसंक्षेप ।
यहाँलाई गोरक्षको अनलाइनमा स्वागत छ ?
धन्यवाद यहाँ र अनलाइनलाई । यो समयमा पनि विचार राख्ने अवसर दिएकोमा ।
सरकारले लकडाउन गरेको लामोसयम भैसक्यो । अझै यो समय लम्बिने संकेत पनि छ । लामो समयसम्म घरभित्र बस्दा मानिसलाई कस्ता खालका समस्या देखा पर्न सक्छन् ?
कोरोना विरुद्धको लडाइमा सरकारले घोषणा गरेको लकडाउनको आज ६ दिन भएको छ । लकडाउनको समयमा कतै निस्कन नपाउने भएकाले मानिसलाई असहज हुनु स्वाभाविक हो । विशेष गरेर यो समयमा मानिसमा छटपटी, आलस्यता र अन्य मानसिक समस्या देखा पर्न सक्छन् । यो समयमा कोरोना संक्रमितबारे सकारात्मकभन्दा नकारात्मक समाचार बढी आउनु, जीवनशैली असामान्य हुनु आदिले आममानिसमा त्रास सिर्जना गरेको छ भने एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखा पर्न सक्छन् । यही तनावका कारण प्रतिरोधी क्षमतामा कमी आउने भएकाले संक्रमण हुन नदिन सचेत रहने र स्थितिलाई सामान्य रूपमा लिएर सावधानी अपनाउन जरुरी छ ।
यस्तो समयमा मानिसमा देखा पर्ने समस्याले दिर्घकालिन रुप लिन सक्छ वा आफै हराएर जान्छ ?
यस्ता खालका केही समस्या परिस्थिति सामान्य भएपछि हराएर जाने गर्छन् भने केही दिर्घकालिन समेत बन्ने गरेका छन् । समयमा उचित किसीमको उपचार पाउन सकेन भने समस्या जटिल बन्ने भएकोले समयमा समेत बन्न र त्यो अनुसारको हेरविचार र सुझाव मानिसहरुका लागि आवश्यक छ ।
लकडाउनको समयमा देखापर्ने समस्याको समधानको लागि के गर्न आवश्यक छ ?
तपाइले भने जस्तै हरेक समस्याका समधान पनि सँगै हुन्छन् । त्यसकारण यो समयमा उत्पन्न भएको समस्या समधानको लागि हामीले विशेष गरेर निम्न कुरामा ध्यान दिन आवश्यक छ ।
सामाजिक सञ्जालको कम प्रयोग : हरेक विषयवस्तुमा जानकारी लिन सामाजिक सञ्जाल उपयुक्त माध्यम हो । तर, पछिल्लो समय सामाजिक सञ्जाल कोरोनाको संक्रमण र यसले निम्त्याएको भयावह अवस्थाले भरिएको छ । हरेक व्यक्तिमा डर सिर्जना गरिदिएकोले कहाँ कतिजना संक्रमणका कारण मृत्यु भए भन्ने विषयमा चासो रहनु स्वाभाविक हो । तर, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाबारे नकारात्मक समाचारले व्यक्तिमा डर पैदा गर्ने गरेको छ । बालबालिका डरका कारण छिटो प्रभावित हुने, वयस्क व्यक्तिमा समेत आत्मविश्वास कमी हुने र शारीरिक तथा मानसिक समस्या देखिन सक्छन् । तसर्थ, परिवार र साथीहरूमाझ हरेक समय कोरोनाको विषयमा मात्रै कुरा गर्नुहुँदैन भने सामाजिक सञ्जाल पनि कम प्रयोग गर्न आवश्यक छ । डरले आत्मविश्वासमा कमी ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ । त्यसैले, सोसल साइट दिनमा १–२ पटक मात्र हेर्र्नेे र सोसल साइटमा रमाइला, सकारात्मक विषयमा ध्यान दिने गुर्न पर्छ ।
केही समस्या परिस्थिति सामान्य भएपछि हराएर जाने गर्छन् भने केही दिर्घकालिन समेत बन्ने गरेका छन् । समयमा उचित किसीमको उपचार पाउन सकेन भने समस्या जटिल बन्ने भएकोले समयमा समेत बन्न र त्यो अनुसारको हेरविचार र सुझाव मानिसहरुका लागि आवश्यक छ ।
संक्रमणबारे कम कुरा गर्ने : अहिले सवैको कुरा गर्ने पहिलो विषय कारोना भएको छ । सामान्य अपडेट हुनु र सावधानीबारे छलफल गरिनु स्वाभाविकै हो । तर, जुनसुकै समयमा यसबारे कुरा गर्दा बोल्ने र सुन्ने दुवैलाई मनोवैज्ञानिक असर पुयाउँछ । तसर्थ, परिवार र साथीहरूमाझ हरेक समय कोरोनाको विषयमा मात्रै कुरा गर्नुहुँदैन । यो राम्रो पनि होइन । त्यसैले अन्य विषयमा पनि गफ गर्ने बानी बसाल्नु पर्छ ।
खानपानमा विशेष ध्यान : कोरोनाबाट जोगिन प्रतिरोधी क्षमता मजबुत हुन आवश्यक छ । प्रतिप्रतिरोधी क्षमता बलियो बनाउनका लागि खानपानमा विशेष ध्यान दिन आवश्यक छ । घरमै पकाइएका खानेकुरा मात्र खाने गर्नुपर्छ । ‘भिटामिन सी’युक्त फलफूलको प्रयोग गर्नुपर्छ । पानी मनतातो बनाएर पिउने गर्नुपर्छ ।
इन्डोर गेम वा व्यायम : लकडाउनको समयलाई सदुपयोग गरेर घरमै गर्न सकिने व्यायाम गर्न सकिन्छ । दैनिक योग, ध्यान र प्राणायाम, व्याडमिन्टन खेल्ने बानी बसाल्नुपर्छ । यस्ता कार्यले प्रतिरोधी क्षमता बढाउनुका साथै तनाव कम गरेर जस्तोसुकै अवस्थालाई स्वीकार गर्ने कलाको विकास गर्छ ।
परिवारसँग समय बिताउने : लकडाउनको समयलाई परिवारसँग अधिक समय बिताउने । यो समयको सदुपयोग गर्दै बालबालिकासँग नजिक हुने, उनीहरूका कुरा सुन्ने, सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने, परिवारका अन्य सदस्यसँग समस्या, भविष्य र योजनाका बारेमा छलफल गर्ने आदि क्रियाकलाप गर्न सकिन्छ । जसले परिवारमा सम्बन्ध बलियो बनाउनसमेत भूमिका खेल्छ ।
त्यसैगरेर, समयमा उठ्ने, उत्साहपूर्वक दैनिक काम गर्ने, घरमै बसेर गर्न सकिने काममा व्यस्त रहने, समयमा खाने, सुत्ने तथा परिवारलाई समय दिने र मनोरञ्जनमा विशेष ध्यान दिनु गरे राम्रो हुन्छ ।
कोरानोबाट जोगिन नागरिकले के गर्नु पर्छ ?
कोरोना भाइरस (कोभिड–१९)बाट बँच्नको लागि विशेष कुरामा ध्यान दिनु आवश्यक छ । हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक–पटक हात धुने, अंकमाल नगर्ने, एक मिटर जति टाढा बस्ने, ज्वरो–खोकी लागेको मान्छेसँग नबस्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने, भिडभाडमा नजाने, सर्जिकल मास्कको प्रयोग गर्ने र खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ, भने चेक गर्न जानु पर्छ ।