गोरक्ष समाचारदाता
दाङ, २० फागुन । अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा सीसा नेपाल तथा परिवार नियोजन संघ दाङ शाखाको संयुक्त आयोजनामा विहीवार छलफल सम्पन्न भएको छ ।
सीसा नेपालका अध्यक्ष साजिदा सिद्दिकीको अध्यक्षता तथा महिलाको क्षेत्रमा क्रियाशील संघसंस्था सञ्चारकर्मी विभिन्न राजनीतिक दलका महिला र महिला अधिकारकर्मी, सुरक्षा निकायबीच अन्तत्र्रिmया तथा छलफल सम्पन्न भएको हो ।
छलफलले ८ मार्चका दिन विविध कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । कार्यक्रम सञ्चालन समितिमा संयोजक सीसा नेपालका केन्द्रीय अध्यक्ष साजिदा सिद्दिकी, सदस्य सचिवमा परिवार नियोजन संघ दाङ जिल्लाका सचिव माया पोख्रेल छन् ।
यसैगरेर सदस्यहरूमा महिला मानवअधिकार रक्षक दाङ सञ्जालका संयोजक सुशीला पौडेल, अखिल नेपाल महिला संघका जिल्ला सदस्य विष्णु कालाथोकी, नेपाल महिला संघका जिल्ला संयोजक गोमा रावत, अखिल नेपाल महिला संघ माओवादीका जिल्ला संयोजक बालिका शर्मा, भूमि अधिकारकर्मी लीला विक, जिल्ला प्रहरी कार्यालय दाङका निमा डिसी र पत्रका बिमला घर्ती गरी ९ सदस्यीय समिति छ ।
कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजनका शाखा प्रबन्धक बसन्त खनालले गरेका थिए ।