कोरोनाले अण्डा रुक्यो !
दाङ, १६ चैत । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनकमा कारण जिल्लामा उत्पादित अण्डा निकासी हुन सकेको छैन् । लकडाउनको असर अण्डा व्यवसायिहरुलाई परेको छ । उत्पादन भएको अण्डा निकासी हुन नसक्दा ठूलो संख्यामा अण्डा स्टक रहेको छ । दाङ बाहिरका जिल्लाहरुमा नै बढि अण्डा खपत हुने भएकाले लकडाउनका कारण अण्डा निर्यात गर्न नसकिएको अण्डा व्यवसायि मोहन गौतमले जानकारी दिए ।
जिल्लामा प्रति दिन ४ लाख बीस हजार गोटा लेस कुखुराको अण्डा उत्पादन हुने गर्दछ । कुल उत्पादनको १० प्रतिसत अण्डा मात्रै दाङमा खपत हुने गर्दछ । बाँकी ८० प्रतिसत अण्डा बाहिर जिल्ला निर्यात हुने गरेको छ ।
गौतमका अनुसार जिल्लामा उत्पादन हुने अण्डा सुर्खेत, महेन्द्रनगर, धनगढी, नेपालथन्ज, पोखरा, नारायणगढ, पाल्पा, काठमाडौँ, सल्यान, रुकुममा निर्यात हुने गरेको छ । तर लकडाउनका कारण ढुवानी साधन चल्न नपाउँदा अण्डा निर्यात हुन नसकेको व्यवसायिहरुले जानकारी दिएका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत पासको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
