शिव राज खनाल
दाङ, १६ फागुन । नर्ती ब्याडमिन्टन कल्बको प्रथम अधिबेशन तथा भेला लमही नगरपालिका–१ मा सम्पन्न भएको छ ।
भेलाले धनिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा आनन्द चौधरी , सचिबमा कल्याण अधिकारी, कोषाध्यक्ष अनुप चौधरी रहेका छन । सदस्यहरुमा प्रकाश चौधरी, बलिराम चौधरी, प्रदिप चौधरी रहेका छन ।
त्यसैगरी भेलाले २ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा बिजय पुन र कानुनी सल्लाहकारमा नारायण चौधरी रहेका छ्न । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घनश्याम खनालले खेल मनोरञ्जनका लागि मात्र नभएर आफ्नो स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यकता रहेको बताए ।
धनिराम चौधरीको अध्यक्षता तथा घनश्याम खनालको प्रमुख आतिथ्यतामा भेला भएको थियो । नारायण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कल्याण अधिकारीले गरेका थिए ।