दाङ, १६ फागुन । घोराही निर्वासी शर्मा परिवारले धारपानी धाममा गेट निर्माण गरि दिएको छ । घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली निवासी स्वार्गीय रामप्रसाद पोख्रेल शर्माको स्मृतीमा श्रीमती, छोरा,वुहारी, नाती नातीनाहरुले उक्त गेट निर्माण गरेका हुन् ।
स्वर्गीय पोख्रेलका श्रीमती देवा शर्मा पोखे्रले, छोराहरु खेमराज शर्मा (उपेन्द्र), कृष्णप्रसाद शर्मा, विष्णुप्रसाद पोख्रेल, गिरीराज शर्मा, बुहारी रञ्जना शर्मा, नाती उत्सव शर्मा र नातिनि स्तुती शर्माले उक्त गेठ निर्माण गरेका हुन । उनीहरुले करिव २७ लाखको लगानीमा गेट निर्माण गरिएको खेमराज शर्माले जानकारी दिए ।

वुवाको सम्झनाका केही गर्नु पर्दछ भनेर मन्दिर व्यवस्थापन समितिको सल्लाहामा धार्मीक स्थल धारपानी धाममा गेट निर्माण गरिएको उनको भनाइ रहेको छ । निर्माण गरिएको गेट एक कार्यक्रमको आयोजना गरि हस्तान्त्रण गरिएको छ । हस्तान्त्रण कार्यक्रम निर्माण कर्ता देवा पोख्रेलको अध्यक्षता तथा संगत संस्कृती संयोजक योगी पुष्पराज पुरुषको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यममा वोल्दै प्रमुख अतिर्थी पुरुषले पछिल्लो समय राष्ट्रियता खतरा बढदै गएको बताए । यसको संरक्षणमा सबै लाग्नु पर्ने उनको भनाइ रहेको थियो । आफनो पहिचान खोज्न लाग्नु पर्ने बताए । त्यस अवसरमा धारापानी धाम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारी सबै दाताको सहयोगमा मन्दिर क्षेत्रको विकास अगाडि वढेको बताए । दाताको सहयोगमा नै मन्दिरको विकास यहा सम्म ल्याउन सफल भएको उनको भनाइ रहेको थियो । एक्लैले मात्र विकास गर्ने नसकिने भएकाले सबैको सहयोग आवस्यक पर्ने उनको भनाइ रहेको थियो ।
भोलानाथ योगीले शर्मा परिवारले धार्मिक क्षेत्रमा गेट निर्माण गरेर यसको विकासमा सहयोग गरेको बताए । यस प्रकारको पुण्य कामले सधै स्मरणीय रहने हुने उनको भनाइ रहेको थियो । कृष्णप्रसाद शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण मन्दिर व्यवस्थापन समितीका सचिव विष्णुप्रसाद आचार्यले गरेका थिए ।