तुलसीपुर, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका—१८ सातकुलेमा नेपाली कांग्रेसको बृहत सभा, कार्यकर्ता भेला तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१८ वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कम्तिमा डेढसय भन्दा बढि व्यक्तीहरु नेकपा एमाले लगायत अन्य राजनितिक दल परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश गर्नेहरुमा दलित अगुवाहरु बढि थिए ।
तुलसीपुर उपमहानगरपालिका—१८ का वडासभापति विरेन्द्र खड्काको अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डांगीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाइ खादा र अविर लगाएर नेपाली कांग्रेसमा स्वागत गरिएको थियो । साथै सहभागि कांग्रेस नेताहरुले अहिले मुलुक विभिन्न राजनितिक चक्रव्युहमा फसेको भन्दै लोकतन्त्रलाइ जोगाइराख्न नेपाली कांग्रेसले अग्रणि भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

साथै भर्खरै घोषणा भएको आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाइ सवैभन्दा बढि वहुमत प्राप्त पार्टिका रुपमा स्थापित गर्न आम कांग्रेसजनहरुको साथ र सहयोग रहेको बताएका थिए । ‘अहिले मुलुकमा लोकतन्त्र मास्न विभिन्न षडयन्त्रहरु भैरहेका छन्, यस् सवै लोकतन्त्र विरोधि षडयन्त्रलाइ पर्दाफास गर्दै मुलुकलाइ समृद्धिको दिसामा लैजान वहुमत प्राप्त कांग्रेस नेतृत्वको सरकार चाहिएको छ’—प्रमुख अतिथि डांगीले भने ।
सो अवसरमा पुर्व क्षेत्रीय सभापति तथा कांग्रेस नेता भुप वहादुर डांगीले नेपाली कांग्रेसमा अव कुनैपनि बैचारीक एवं आन्तरीक द्धन्द्धको समस्या नरहेको भन्दै आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाइ वहुमत प्राप्त सवैभन्दा ठुलो दलका रुपमा स्थापित गर्न सवै जिल्लाबासीको साथ र सहयोगको अपेक्षा गरे ।

सो अवसरमा प्रदेशसभापति अभियान बस्नेत, कांग्रेस ट्रेड युनियन नेता डिल्ली डांगी, क्षेत्रीय सभापति हिम वहादुर डांगी, महिला नेतृहरु सुषमा लामीछाने गिरी, देवका नेपाली, विना विसि, प्रकाश सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा सचिव चित्र नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का वडा सचिव विदुर गौतमले गरेका थिए । कार्यक्रममा सयौं कांग्रेस सुभेच्छुकहरुको उपस्थीति रहेको थिया