कोरोना अबस्था प्रति कांग्रेसको चासो
शिवराज खनाल ,
लमही चैत्र १५ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङका सभापती भेषराज पाण्डेले कोरोना भाइरसको भयाबह अबस्थाका बारेमा सरकारका पक्षबाट गरिएका र गर्न खोजिएका साथै नगरिएका सम्पूर्ण पक्षमा चासो राखेको फेसबुक मार्फत जानकारी दिएका छन् ।
शनिबार उनले कोरोनाको त्रास बिश्वब्यापी रुपमा फैलदै गरेको पनि लगभग ३ महिना भै सकेको र यत्रो लामो समयसम्म पनि यो सम्बन्धमा आबस्यक PPE(personal protective equipment) को प्रयाप्त ब्यबस्था गर्न नसक्नु, टेस्टिङ प्रकृयाका लागि आबस्यक किटको ब्यबस्था गर्न नसक्नु, विभिन्न बैदेसिक मुलुकहरुबाट भित्रीने आफ्नै नागरिकहरुको सहि तथ्यांक नहुनु, परिक्षणको तरिका र परिमाण अपुग हुनु, स्वास्थ्य मन्त्रीबाटै गैर जिम्मेवार तरिकाको अभिब्यक्ती आउनु, यतीलामो समयसम्ममा पनि जम्मा ८०० जनाको मात्र परिक्षण सम्भब हुनु, दैनिक ज्यालदारिमा काम गर्ने बिपन्न बर्गका नागरिक र सिमाबासिका दिन र दैनिकीका समस्यालाई यथोचित सम्बोधन गर्न नसक्नुलाई राज्यको उदासिनता र लापर्बाही भनेका छन् ।
उनले ‘यो कस्तो प्रकारको कमजोरी हो ?’ भन्दै सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् । ‘यस्का बाबजुद अत्यन्त जिम्मेवारिबोधका साथ यो सत्कर्ममा आफुलाई समर्पित गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिनचाहन्छु’ उनले भनेका छन् । उनले स्वास्थ्यबिमा सहित अन्य सम्मानजनक सुबिधाहरु प्रदान गर्न सरकारसंग आग्रह पनि गरेका छन् । यी तमाम कमि कमजोडिका बाबजुद् पनी सरकारले गरेको ‘लक डाउन’को घोषणालाई भने सभापति पाण्डेले सह्रानीय कदम भनेका छन् ।
‘लकडाउन प्रति हामी नगरिकहरुनै हुनु पर्ने जति सचेत र संबेदनसिल देखियका छैनौ। कोरोना संक्रमणका कारण बिश्वमा देखियको यो भयाबह अबस्थाबाट वच्न र बचाउन हामी सम्पुर्णले सरकारका कमि कमजोडी खोज्नु मात्र भन्दापनी अत्यनत सचेत र संबेदनसिल हुँदै लक डाउनको मर्म र भावनालाइै आत्मसाथ गरौ’ उनले भनेका छन् ।
