प्रेरणाको विन्दु : मलाई नै किन?

पूर्व विश्वनम्बर एक टेनिस खेलाडी आर्थर ऐश विम्बल्डन, अस्ट्रेलियन ओपन र यूएस ओपन प्रतियोगिताको उपाधिजित्ने एकमात्रअश्वेत पुरूष खेलाडी हुन् ।

उत्कृष्ट टेनिस करियर पछि उनको जीवनमा एक यस्तो चरण आयो जब उनी एड्सजस्तो गम्भीर र घातक रोगसँग लडिरहेकाथिए । शल्यक्रियाकाक्रममा संक्रमित रगत ट्रान्सफ्युजनकाकारण उनी यो घातक रोगको शिकार भएकाथिए ।

उनको रोगको बारेमाथाहा पाएपछि संसारकाकुना–कुनाबाट मानिसहरूले उनीप्रति सहानुभूति प्रकट गर्दै पत्र लेख्न थाले । एक दिनआर्थर ऐशलाई यस्तै एउटा चिठ्ठीप्राप्तभयो, जसमा लेखिएको थियो, ‘के तिमीले भगवानलाई कहिल्यै सोधेनौ कि यस्तो घातक रोगको लागिमलाई नै किन रोज्यौ ?’

पत्र पढेपछि आर्थर ऐशले जवाफदिए, ‘विश्वमा ५ करोडभन्दा बढी बालबालिका टेनिस खेल्न थाल्छन् । जसमध्ये ५ लाखले व्यावसायिक टेनिस सिक्न सक्छन् । त्यसपछि तीमध्ये ५० हजार टेनिस सर्किटभित्र प्रवेश गर्न सक्षम हुन्छन् । जसमध्ये ५ हजार मात्रै ग्राण्डस्लाम खेल्न सक्छन् । ती ग्रान्डस्लाम खेलाडीहरूमध्ये, केवल ५० जना विम्बल्डनमा पुग्छन्, केवल ४ जनायसको सेमिफाइनल र २ जनायसको फाइनलमा पुग्छन् ।

यति धेरै मानिसहरूको बीचबाट विम्बल्डन जितिसकेपछि ट्रफी हातमा राख्दा मैले भगवानलाई कहिल्यै सोधिन– किन म ? त्यसैले आज जब म समस्यामा छु, मैले भगवानलाई सोध्नु हुँदैन–मलाई नै किन?हामीले हाम्रो जीवनमा ९८ प्रतिशत राम्रो चीजहरूको लागिभगवानलाई धन्यवाददिनुपर्दछ ।’
आफ्नो मृत्यु अघि आर्थर ऐशले ‘सहरी स्वास्थ्यकालागिआर्थर ऐश’नामक संस्था स्थापना गरे र मृत्युसम्ममानिसहरूमा एड्सको चेतनाजगाउने कार्य जारी राखे ।

तुफानबाबु श्रेष्ठ÷रेडियो कार्यक्रमशान्ततलाउका प्रस्तोता