सुबास डाँगी
तुलसीपुर,६ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले स्थानीय निर्बाचन लक्षित अभियान चलाउने भएको छ । क्षेत्रीय सभापती जगतबहादुर खड्काको सभापतित्वमा शुक्रवार बसेको नियमित बैठकले सबै स्थानीय तहमा स्थानीय निर्बाचनको तयारि स्वरुप बिशेष छलफल अभियान चलाउन लागेको क्षेत्रीय सचिव शोभाकर सापकोटाले जानकारी दिएका छन् ।
क्षेत्रीय सचिव सापकोटाका अनुसार पार्टीको अधिबेशन पश्चात आन्तरिक दुरी कम गर्दै पार्टीभित्र एकताबद्ध बनाउदै स्थानीय निर्बाचनमा केन्द्रित हुने निर्णय भएको हो । बैठकले सबै वडाहरुमा तीब्र गतिमा टोल समिति गठन भैरहेकोप्रति धन्यवाद ज्ञापन गर्दै वाँकी टोलमा तत्काल गठन गरिसक्न निर्देशन गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले केहि दिन पहिले तुलसीपुरमा भएको आगलागीबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उचित क्षेतिपुर्तिको ब्यबस्था गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । साथै बैठकले महाधिवेशन प्रतिनिधि कबिता शर्माका ससुरा बुबा रामप्रसाद आचार्य, क्षेत्रीय प्रतिनिधि सूर्यप्रसाद शर्माका बुबा अमृतलाल शर्मा, बबई गाउपालिका वडा नम्बर ४ का सभापति झुपु बुढा क्षेत्रीका बुबा जाँड बुढाको निधनप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ ।
क्षेत्रीय उपसभापति देबेन्द्र रिजालको स्वागत मन्तब्यबाट शुरु भएको बैठकमा क्षेत्रीय सचिव पूर्ण केसीले बैठकको प्रस्ताब तथा समसमयिक गतिविधि बारे प्रस्तुति राखेका थिए । कार्यक्रमको सहजीकरण अर्का क्षेत्रीय सचिव शोभाकर सापकोटाले गरेका थिए ।