Goraksha

National Daily

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

बाँके,१५ चैत । काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन ।

‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने । घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ । ‘उक्त जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना लिने बताए । जहाज के भएर दुर्घटना भयो भन्ने बारे छानबिन हुने ज्वार्चनले बताएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।