युवराज शर्मा
अहिले बजारबासी हुन् वा गाउँमा बसेकाहरु होउन्, त्यस्ता नागरिकले दूध किनेर खान्छन् । सहरमा र बजारमा बस्नेहरुले दूध विक्रेताहरुसँग प्रतिलिटरको ८० रुपैयाँ तिर्छन् । तर, गाउँलेहरु जसले दूध बेच्छन्, त्यस्तावर्गका व्यक्तिहरुले प्रतिलिटर दूध कलेक्सन केन्द्रलाई ६० रुपैयाँमा बेच्छन् र गाउँलेहरुलाई प्रतिलिटर ७० रुपैयाँमा बेच्छन् ।
त्यो पनि दूध होइन, दूधमा पानी हो । मानिसमा हराउँदै गएको नैतिकता गाउँदेखि सहरबजारमा बढेको छ । दूध विक्रेताको दूधमा पानीको मात्रा कति प्रतिशत हो र त्यो दूधको लेक्टो कति भएमा शुद्ध दूध मानिन्छ ? त्यसको नापो गर्ने एक मात्र यन्त्र छ त्यो हो लेक्टोमिटर । तर, दूध विक्रेता गाउँले होस् वा डेरी फर्म नै किन नहोस्, दूधमा चिनी मिसाएर लेक्टो बढाउन बाल्टिनमा पानी राखेर गाईभैँसी दुहिने कार्यले लेक्टो बढ्दोरहेछ ।
त्यसमा पनि तातो पानी गाबु वा बाल्टिनमा राखेर दुहुने गर्दा तत्कालै लेक्टो बढ्दो रहेछ तर फिज सुक्यो भने लेक्टो घट्दो रहेछ । यस्ता अनौठा प्रविधिहरुले गाउँघर होस् वा डेरी होस् दूधको शुद्धतामा कमी छ । पशुको थुनबाट आउने दूध नै शुद्ध हुन्छ । गाउँमा दूध खरिद गर्दा प्रतिलिटर ७० रुपैयाँ तिर्छ पनि शुद्ध दूध गाउँमा पाइन्न । दूधमा कति प्रतिशत पानी मिसाएको छ ? तयसको मापन गरेर निर्णय गर्ने निकायको अभावले गर्दा दूधमा पानी मिसावट बढिरहेको छ ।
सहरबजारमा दूध विक्रेताहरु धेरै बढे ।यिनीहरुको संगठनात्मक स्वरुप छ । जसलाई दूध विक्रेता समिति अथवा डेरी उद्योग समिति भन्छन् । समितिका पदाधिकारीहरु राजनीतिक दलहरुका भ्रातृ संगठनजस्ता छन् । उनीहरुको संरक्षण दलका नेताहरुले गर्दछन् । कतिपय दलका नेताहरु नै यसका अगुवा छन् । यिनीहरुलाई सम्बन्धित निकायहरुले संरक्षण गर्दै आएका पनि छन् । पहुँच र सम्बन्ध भएकाहरुलाई जे–जस्तो गरे पनि स्थानीय प्रशासन मौन बस्नु पर्छ ।
मौनताका आधार नै गुणस्तरको मापन नहुनु र शुद्धताको पहिचान गर्न नसक्नु हो भन्छन्, उपभोक्ताहरु । व्यापारीहरुका सामान्य चेकजाँच गर्ने अनुगमन टोलीले दूध फर्म र डेरी उद्योगलाई अनुगमन गरेको पाइन्न । यसमा पनि रहस्य लुकेको चर्चा गर्छन्, बुद्धिजीवीहरु । वास्तवमा राज्यबाट सञ्चालन भएका डेरी उदोग र दूध वितरण केन्द्रहरुमा पनि शुद्ध दूध पाइन्न । फ्याट निकालेर केमिकल राखेको दूध बजारमा विक्रीका लागि ल्याएको अस्था छ ।
सुर्खेतका गाउँगाउँबाट ल्याएको दूध संकल्प गरेर गाडीबाट रातभरमा काठमाडौं बिहान पुग्छ । जसलाई ताजा दूध भन्छन् । ग्राहकका घरसम्म पुग्दा ७२ घण्टा लागेको हुन्छ । त्यसमा फ्याट निकालेको अवस्थामा सरकारी निकायले बेच्दा दूधको स्वाद उपभोक्ताले पाउँदैनन् भने गाई, भैँसी दुहेर ल्याएको दूधमा पानी मिसाएको ७५ प्रतिशत उपभोक्ताहरुलाई थाहा हुँदैन । त्यसमा पनि चिनी मिसाएर लेक्टोको मात्रा बढाउँछन् ।
दूध जाँच गर्नेले लोक्टोमिटर लगाएर जाच्दा पत्ता पाउँदैनन् कि दूधमा पानी र चिनी मिसिएको छ । यसको प्रयोगकर्ता मधुमेह अर्थात् सुगररोगीहरुले थाहा पाउँछन् । यो द्रधमा कति प्रतिशत पानी र कति मात्रा चिनी मिसिएको छ भनेर । त्यसैले बजारमा बस्नेहरुले खाने दधमा रोग बढाउने शक्ति छ । त्यस्तो शक्तिको दूध खानाले सुगर बढेको व्यथा र कथा सुनाउँछन्, सुगररोगीहरु । दूध विक्रेताहरुले लेक्टो बढाउन चिनी वा युरिया मिसाएको दूध बेच्दै आएको सुनाउँछन्, गाउँघरमा ।
कोभिड–१९ ले सताइरहेका नेपालीलाई दूधमा पानी मिसाएको दूधको प्रयोगबाट सुगररोगीहरुको संख्या बढिरहेको छ । हरेक मानिसमा भएको रगतमा ग्लुकोजको मात्रा बढ्नु नै सुगर बढ्नु हो । सुगरको जाँच ग्लुकोजमा भएको एचबी वनको नतिजाले स्पष्ट पार्छ । हुन त मानिसलेको रगतमा ५ मात्रा हुन्छ । यदि सुगरको मात्रा एचबी वनमा साढे ६ भएको भए सुगर बढ्दै गएको मानिन्छ । जसमा फास्टिङ रेट १६० र पिपिरेट २०० पुग्यो भने खतरा मान्छन् । कोभिड–१९ ले सुगररोगीहरुको मृत्यु बढी भएको छ ।
त्यो पनि बजार सहर क्षेत्रमा बसेकाहरुले दूधको प्रयोगले भएको मान्छन् । धेरैलाई पक्षघात भएका घटनाहरु पनि छन् । उनीहरुमध्ये ७५ प्रतिशतलाई दूधमा पानी मिसावटका कारणले चिनी र युरिया प्रयोग भएका दूधको कारण भएको बिरामीहरुले स्वीकार्छन् । कोरोनाभन्दा स्वास्थ्यका लागि दूधमा पानीको मात्राका साथ चिनी र युरियाको मिसावटका दूध र दूधबाट बनेका परिकारहरुको सेवनबाट बढेको दीर्घरोगीहरुको भनाइ सुनिन्छ । वर्तमान समयमा खराब कार्य नगर्न गाउँघरमा भन्ने हो भने दूध बेच्नेहरुले विरोध गर्छन् ।
गुण्डागर्दी वातावरण देखाउँछन् । देशमा सरकार नभएको र आफै सरकार बनेको कार्यशैली आपनाउँछन् र भन्छन् – हामीलाई नैतिकताको पाठ नपढाऔँ । देशमा नेताहरुले नैतिकता कायम राख्न नसकेको अवस्था छ । हामी दूध बेचेर खानेवर्गलाई नैतिकता सिकाउनुभन्दा हामीबाट कृत्रिम दूध कसरी बनाउन सकिन्छ ? त्यस्तो ज्ञान र सीप युवावर्गले सिक्नुपर्छ । अहिलेको समय नै धन कमाउने, बाइक र कार चढ्ने समय हो ।
नैतिकवान् बन्ने समय छैन जसले नैतिकताको बोध गर्छ, त्यो मान्छे पछि पर्छ । त्यसलाई कसैले पनि पुच्दैन । धनले ठूलो मान्छ बनिन्छ ।नैतिकता बचाउँछौँ भन्नेहरु विपन्नताको घेरामा छन् । दूध बेचेर ५ वर्षमा लखपति बन्नेहरु धेरै मानिसहरु भएका छन् । एउटा भैँसीसँग दूध ५ महिनासम्म राम्रो तरिकाले द्यिन्छ । भैँसी किन्दा एक लाख पचास हजार पर्छ । साँझ र बिहान गरेर ५÷६ लिटर शुद्ध दूध दिन्छ ।
त्यसमा बढाउँदा पानी ४० प्रतिशत र चिनी एकमुठी हाल्दा तीन लिटर दूध बढ्छ । दूध बेच्नेले पानी बेच्नु, रक्सी बेच्नेले पानी बेच्नु र कुखुरा काटेर पकाइ बेच्नेले मरेका कुखुरा बेच्नु नै आदर्श व्यापार भएको छ तर सबैमा एकै प्रकारको सोचाइ र काम गराइ पाइन्न ।
सहरबजारहरुमा दूधको व्यापार गर्नेहरु धेरै भए पनि आफ्नो नैतिकता र आदर्शता कायम राखेका व्यापारीहरु पनि छन् । त्यस्ता डेरीमा जाँचेर बुझेर दूध खरिद गर्ने उपभोक्ताहरु पनि छन् । दूधमा पानी मिसाउनेहरुको दूध किन्न छोडे । डेरी पसलहरुमा पनि डेरीको प्रशंसा गर्दै राम्रो दूध पाइने डेरीको नाम सुनाउँछछन् । त्यस्ता व्यक्तिहरुले नेतिकता कायम गरेका छन् । आदर्श व्यापारी बनेका छन् ।
उनीहरुको दूधमा पानी नभएको भन्न सकिन्छ तर इमानदारी, आदर्शता र नैतिकता शब्दहरु उपभोक्ताहरुका लागि प्रशंसा गर्नेहरु छन् । राम्रो दूध खाऔँ, पौष्टिक आहारा बढाऔँ भन्छन् असल दूध बेच्ने डेरीहरु ।