ढिकपुरमा जलवायु परिवर्तन अनुकुलता सम्वन्धी अभिमुखीकरण

दाङ, ५ फागुन । जलवायु परिवर्तन अनुकुल कृषि प्रणाली तथा प्लाष्ट्रिक व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम घोराही उप महानगरपालिका वडा नं १७ ढिकपुरमा सम्पन्न भएको छ ।

समाज कल्याण केन्द्र घोराहीको आयोजना तथा घोराही उप महानगरपालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । अभिमुखीकरण उद्घाट कार्यक्रम समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायु परिवर्तनको असर देखिन थालेको बताएका थिए । यसले धेरै समस्या बनाउने भन्दै यस तर्फ ध्यान दिन समेत उनीहरुको आग्रह रहेको थियो । कृषि क्षेत्रमा पनि जलवायु परिवर्तनले असर पुग्ने भएकाले कृषकहरुले अनुकुलन अनुसार खेती गर्नु पर्ने सहभागीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रगती महिला विकास सहकारी संस्थाका अध्यक्ष द्रोपता न्यौपाने, किसान जागृत महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शान्ता रेग्मी, नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं १७ का सभापती बुझौना चौधरी, सहकारी टोल विकास संस्थाका उपाध्यक्ष सिता चौधरी, वनका डाडी सामुदायिक वन समुहका कोषाध्यक्ष किरण चौधरी लगाएतकाले भनाइ राखेका थिए ।

केन्द्रका सदस्य पार्वता योगीको स्वागत मन्तव्य वाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका सचिव जानका के सीले गरेकी थिइन् । अभिमुखी करणको प्रशिक्षकहरुमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यक्रम संयोजक प्रदिप मजगैया रहेका थिए । त्यस अवसरमा तरकारी खेती गर्दा आइपर्ने समस्या र रोगका र प्लाष्ट्रिक व्यवस्थापन बारेमा जानकारी दिइएको थियो । अभिमुखीकरण कार्यक्रममा घोराही १७ का ३० जना व्यवसायीक कृषकहरुको सभागिता रहेको थियो ।